मीठा परिकार खाई रामजानकी विवाहपञ्चमी सम्पन्न
- जनकपुर, २० मंसिर ।
रामजानकी विवाहपञ्चमीको अन्तिम दिन सोमबार रामकलेवा गरेर महोत्सव सम्पन्न भएको छ ।
पौराणिक परम्परा अनुसार रामकलेवामा अयोध्याबाट जन्तीको रुपमा आएका साधुशन्त र पाहुनाहरुलाई मीठा मीठा परिकार खुवाई बिदाई गर्ने गरिन्छ ।
सोमबार पनि विवाहपञ्चमी महोत्सवमा सहभागी भएका साधुसन्तलाई मीठा परिकार खुवाएर धोती, गम्छा र दानदक्षिणा दिएर बिदाई गरिएको छ ।
सोमबार पनि विवाहपञ्चमी महोत्सवमा सहभागी भएका साधुसन्तलाई मीठा परिकार खुवाएर धोती, गम्छा र दानदक्षिणा दिएर बिदाई गरिएको छ ।
जानकी मन्दिरको प्रांगणमा हुने राम कलेवामा मिथिलाको पहिचान झल्किने सँस्कृति गीतनाद प्रस्तुत गरी हाँस्यव्यंग्य शैलीमा मनोरञ्जन प्रदान गरिएको छ । रामकलेवा हेर्नसमेत दर्शनार्थीको घुईंचो लागेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...