अचानक आकाशबाट शहरभरी स्याउ वर्षिन थालेपछि


आकासबाट पानी तथा हिउँ वर्षिएको कुरा त कुनै समाचारको विषय भएन । तर जब आकासबाट स्याउको वर्षा हुन्छ त्यो पक्कैपनि खबर बन्दछ ।

हो बेलायतको कन्वेन्ट्री सहरमा स्याउको वर्षा भएपछि सबै अचम्ममा परे । एकाबिहानै स्याउ वर्षिन थालेपछि सहरबासीहरु आश्चर्यचकित भए ।

केही वर्ष अघिको यो घटनामा आकासबाट वर्षिएका स्याउले सहरलाई अस्तव्यस्त बनायो । बाटोमा स्याउ थुप्रिएपछि ट्राफिक जाम भयो । भुइँमा यत्रतत्र स्याउको थुप्रो देखिन थाल्यो ।

निकै ठूलो परिमाणमा यसरी आकासबाट स्याउ वर्षिएपछि अनेक तर्क हुनथाले । कतिपयले कसैले हवाइजहाजबाट स्याउ पोखिदिएको हुनसक्ने अड्कलबाजी गरे ।

तर अनुसन्धानकर्ताहरुले भने यस्तो स्याउको वर्षा हुनुको कारण जहाजबाट स्याउ पोखिनु नभै आँधीबेहेरीको कारण भएको बताए ।

निकै शक्तिशाली तथा भयानक आँधीबेहेरी अर्थात् टोर्नाडो आउँदा त्यसले जमिनमा भएका धेरै चिजलाई उडाएर आकासमा लैजान्छ आफुसँगै । अनि हावाको गति कम भएसँगै आकाशमा पुगेका चिजहरु पनि भुइँमा खस्दछन् । यस्तो हुँदा कहिलेकाहीँ आकासबाट माछाको वर्षा हुने, कहिले भ्यागुता, कहिले गँड्यौला आदिको वर्षा हुने गरेको पाइन्छ ।

यसरी स्याउको हकमा पनि टोर्नाडोले कुनै बगैँचाबाट पूरै स्याउ उडाएर आकासमा लग्यो र हुण्डरी थामिएसँगै ती स्याउहरु सहरमा वर्षिन थाले ।

२०७३ मंसिर २६ गते १०:२८ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...