श्रीमतीसँग अनैतिक सम्बन्ध बसेपछि यसरी गरीयो श्रीमानको हत्या


  • काठमाडौं, २६ मंसिर ।

धनुषामा जानी जानी गाडीले किचेर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गएको कात्तिक २६ गते जनकपुर उपमहानगरपालिका–२२ विस्पिट्टीका ३७ वर्षे श्रीराम ठाकुरलाई हत्या गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–६ का ३० वर्षे जितेन्द्र चौधरी र धनुषाको महुवा–४ का २७ वर्षे मनोजकुमार चौधरी रहेका छन् । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

मृतक श्रीराम ठाकुरको श्रीमतीसँग जितेन्द्र चौधरीको अनैतिक सम्बन्ध भएपछि ठाकुरकी श्रीमतीलाई चौधरीले लिन गाडीले किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

गएको कात्तिक २७ गते बिहान ५ बजे जनकपुर–ढल्केवर सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिका–४ हरैयास्थित सडक छेउमा गाडीले किचेर ज्यान गएको अवस्थामा ठाकुरको शव फेला परेको थियो ।

घटनाको अनुन्धानबाट आरोपी जितेन्द्र चौधरीले एक हप्ता अघिदेखि नै ठाकुरको हत्या गर्ने योजना बनाएको विभिन्न मोवाइल नम्बरबाट ठाकुरसँग गरेको कुराकानीले खुलेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक मनोज यादवले बताए।

कातिक २६ गते बेलुका जितेन्द्रले ठाकुरलाई जागिरको प्रलोभन दिइ ढल्केवर लगेको र ढल्केवरबाट आफ्नै ज ३ प ८९३७ नम्बरको मोटरसाइकलमा चढाइ बेलुका फर्कने बेला झण्डै ७ बजेको समयमा हरैयास्थित मोटरसाइकल रोकेर जेएच ०१ जे ६८६४ नम्बरको भारतीय नम्बर प्लेटको बोलेरो आएका बेला धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले घटना पश्चात फरार भएका थिए । हत्या गर्न मनोजकुमार चौधरीले पनि सहयोग गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको दुबै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...