सभामुख घर्ती आज युएई जादै

- काठमाडौं, २५ मंसिर ।
सभामुख ओनसरी घर्ती विश्वका महिला सभामुखहरुको सम्मेलनमा भाग लिन शनिबार संयुक्त अरब इमिरेट्को आबुधाबी जाँदै छिन ।
मंसिर २७ र २८ गते हुने सम्मेलनमा भाग लिएर उनि मंसिर २९ गते नेपाल फर्किने कार्यक्रम छ । इन्टरनेशनल पार्लियामेण्टरियन युनियन र युएइको संसदले संयुक्त रुपमा गर्न लागेको सम्मेलनमा सभामुख घर्तीले पनि सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
घर्ती बेलुका पौने ५ बजे युएई प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस्
Loading...