प्रचण्डले ४ हजारको केन्द्रीय समिति बनाए, ओली तिन छक्क !

काठमाडौं, २३ मंसिर ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचानको नाराले देशलाई शतकौं पछाडी धकेलेको आरोप लगाएका छन् ।उनले भने,‘पहिचानको कुरा छलफलकपटको कुरा हो, विचार गर्नु पर्दैन । त्यसले देशमा द्धन्द फैलाउने काम गर्छ ।’

बिहीबार पार्टी कार्यालय धुम्बराहीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै भने,‘राष्ट्रिय पहिचानका कुरा गर्ने आडम्बरी प्रचण्डले भारत जाँदा पनि नेपाली पहिरन समेत लगाएनन् । बरु पत्रकारले दौरासुरुवाल लगाए ।’ यस्तो पनि हुन्छ उनले थपे ।

ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकार शासन गर्ने नभई चुनाव गराउने सरकार भएको समेत स्पष्ट पारेका छन् ।यद्धपी उनले वर्तमान सरकार चुनाव गराउने कुरामा गम्भिर नभएको आरोप लगाए ।

उनले अघि थपे,‘प्रचण्ड नेतृत्वको यो सरकारले निर्वाचन गराउन चाहेका छैन,मेरो नेतृत्वको सरकारले तयार पारेको निर्वाचन सम्बन्धि नियम गृहमन्त्रालयका दराजमा थन्काएको छ अनि कार्यतालिका रद्दीको टोकरीमा फ्यालेको छ ।’

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले पाँच नम्बर प्रदेशका जनताहरुलाई छुटाउने काम गरेको आरोप लगाउँदै भने,‘त्यहाँका जनता छुट्टिन नचाहने तर सरकारले जवर्जस्ती छुटाउन खोजेको छ, शान्तिपूर्ण आन्दोलनलाई प्रचण्डजीले वितण्डवादी आन्दोलन भन्नु नै गलत सोच हो ।’

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले असभ्य राजनीतिक गरेको आरोप समेत ओलीले लगाए । उनले भने, ‘माओवादीले कसरी ४ हजार सदस्यको केन्द्रीय समिति बनायो, म त छक्क परेको छु यति मान्छे त माओवादी पार्टीसँग छँदैछैन ।’

कार्यक्रममा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम परित्याग गरि ९२ जना नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई एमाले अध्यक्ष ओलीले अविर लगाएर स्वागत गरेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...