महिला नेतृहरुद्वारा लक्ष्मी परियार र कञ्चन भुजेल ‘हत्या’ का दोषीमाथि कारवाही माग

- काठमाडौं, २९ मंसिर ।
वोक्सीको आरोपमा मलमुत्र खुवाएर हत्या गरिएकी काभ्रेकी लक्ष्मी परियार र गतमहिना सामूहिक वलात्कार पश्चात हत्या गरिएकी पद्मकन्या क्याम्पसकी छात्रा कञ्चन भुजेलका हत्याका दोषीलाई कारवाही गर्न माग गर्दै आज संयुक्त विद्यार्थी छात्रा मञ्चले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
पद्मकन्या क्याम्पसवाट शुरु भई वागवजारमा पुगेर कोणसभामा परिणत भएको विरोध र्यालीलाइ मञ्चकी अध्यक्ष नविना लामा, महासचिव पञ्चा सिंह, कोषाध्यक्ष सुमिता वम र सदस्य मञ्जु् सिंजाली लगायतका विद्यार्थी नेताहरुले संवोधन गर्दै हत्यारालाइ कडा भन्दा कडा कार्वाही नभएसम्म आफूहरु चुप लागेर नवस्ने वताएका छन् ।
कानुनी राज्यको उपहास भएको वताउँदै उनिहरुले पहिलो चरणको संघर्षको कार्यक्रम अगाडि सारेका छन् । जसअन्तर्गत मंशीर ३० गते विहिवार लक्ष्मी परियारको हत्या भएको स्थानको स्थलगत अध्यनको लागि काभ्रे जाने, पौष १ गते प्रधानमन्त्री र गृहमन्त्रीलाइ ज्ञापन पत्र वुझाउने र पौष २ गते महिला हिंसा न्युनिकरण सम्वन्धी सडक बहश गर्ने कार्यक्रम तय गरिएको मञ्चकी कोषाध्यक्ष सुनिता बमले जानकारी दिएकी छन् ।
पहिलो चरणको संघर्षको कार्यक्रम पुरा नगरेमा दोश्रो चरणको संघर्षको कार्यक्रम तय गरिने र अपराधीलाइ कानुनको कठघरामा उभ्याउनको लागि आफूहरुले जस्तो सुकै संघर्ष गर्नपनि पछाडि नहट्ने बमले चेतावनी दिएकी छन् ।
प्रतिकृया दिनुहोस्
Loading...