आगलागी हुदाँ मुगुमा १८ महिने शिशुको मृत्यु,आठ घर नष्ट



काठमाडौं, २० मंसिर ।

मुगुकाे खमाले भन्ने ठाउँमा आगलागी हुँदा एक शिशुको मृत्यु भएको छ । आगोमा जलेर आठ घर नष्ट भएका छन् ।

३६ घरधुरी रहेको चाकपाँडे गाउँमा सोमबार दिउँसो करिव साढे १२ बजे आगलागी भएको थियो । आगोमा जलेर लालबिर बुढाकी १८ महिनाकी छोरी दिलमायाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

बस्तीमा निभाउने मानिस र पानीको स्रोत नभएकाले ठूलो क्षति भएको मुर्मा गाउँका गोर्ख रोकायले बताए ।

आगलागीबाट बिरी बुढा, लालबीर बुढा, सौमति बुढा, शिपराज बुढा, रत्नलाल बुढा, असौजी बुढा, गोर्ख बुढा र जर्म बुढाका घरहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

शिपराज बुढाको घरबाट आगलागी सुरु भएको स्थानीयको भनाइ छ । घटनास्थल सदरमुकाम गमगढीबाट १२ कोष पश्चिममा पर्दछ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...