भारतीय राजदूतलाई फिर्ता पठाउन एमाले कार्यकर्ताको ज्ञापन


  • काठमाडौं, २६ मंसिर ।

एमाले निकट युवा तथा विद्यार्थी संगठनहरुले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई नेपालबाट फिर्ता पठाउन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाउँदै छन् ।

राजदूत रायले कुटनीतिक मर्यादाविपरित नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई आइतबार ज्ञापनपत्र बुझाउन लागिएको हो ।

अनेरास्ववियुसहित प्रतिपक्षमा रहेका राजनीतिक दल निकट युवा तथा विद्यार्थीहरुले संविधान संशोधनको विरोध र भारतीय हस्तक्षेपको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले यसअघि लैनचौरस्थित भारतीय दूतावास नजिक बिरोध प्रदर्शन समेत गरेका थिए ।

आन्दोलनको क्रममै उनीहरुले सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म दौड जुलुश र मंगलबार बानेश्वरमै सडक बहस कार्यक्रम गर्न लागेका छन् ।

सडक बहस कार्यक्रममा एमाले नेता लालबाबु पण्डितसमेत सहभागी हुने अनेरास्ववियुका सचिव पराजुलीले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...