सुन ११ महिनायताकै सस्तो

- काठमाडौँ, २५ मंसिर ।
सुनको भाउ ११ महिनायताकै सस्तो भएको छ । शुक्रबार प्रतितोला छापावाला सुन ४ सय रुपैयाँ घटेर ५३ हजार रुपैयाँमा कारोबार भयो ।
बिहीबार प्रतितोला ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार ०७२ माघमा प्रतितोला ५३ हजार रुपैयाँको हाराहारीमा कारोबार भएको थियो, आजको कान्तिपुर दैनिकमा खबर छ ।
अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएकै दिन १३ सय रुपैयाँले बढेको सुन भोलिपल्ट पुन: १४ सय रुपैयाँले घटेको थियो । त्यसपश्चात मूल्य घटबढ हुँदै प्रतितोला ५८ हजार २ सय रुपैयाँसम्म पुगेको थियो ।
शाक्यका अनुसार बिहीबारको तुलनामा शुक्रबार पहेंलो धातु प्रतिऔंस सुन १० अमेरिकी डलरले घटेको छ । ‘बिहीबार मूल्य तोक्ने समयमा प्रतिऔंस सुन ११ सय ७८ अमेरिकी डलर थियो,’ उनले भने, ‘शुक्रबार घटेर ११ सय ६८ डलरमा झरेको छ ।’
महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले अमेरिकी डलर मजबुत भएकाले सुनको भाउ घटेको बताए । डलरसँगै अमेरिकामा रोजगारीको संख्या वृद्धिले भाउ घट्न मद्दत पुगेको उनले बताए ।
बैंकले ब्याजदर बढाउने हल्लाले पनि भाउमा केही असर परेको महासंघले जनाएको छ । ‘डलर बलियो हुँदा लगानीकर्ताहरू सेयर बजारमा आकर्षित छन् । रोजगारीको संख्यामा वृद्धिले सुन बिक्री गरेर डलरमा लगानी गरेका छन्,’ उनले भने, ‘त्यसको प्रभाव सुनको भाउमा परेको हो ।’

प्रतिकृया दिनुहोस्
Loading...