एमाले कार्यकर्ताले गरे ओलीबिरुद्ध नाराबाजी


  • नेपालगञ्ज, २७ मंसिर । 

नेकपा एमालेको अध्यक्ष केपी ओलीबिरुद्ध उनकै पार्टी कार्यकर्ताले नाराबाजी गरेका छन् ।

नेकपा एमाले सम्बद्ध नेपाल निजामती कर्मचारी संगठनको १० औं अधिवेशन उद्घाटनका लागि सोमबारदेखि नेपालगञ्ज पुगेका ओलीबिरुद्ध कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

दिउँसो एक बजे सुरु हुने भनिएको अधिवेशनको उद्घाटनका समयमा असन्तुष्ट पक्षले मञ्चमा कव्जा गरी नाराबाजी गरेपछि झण्डै चार बजे उद्घाटन कार्यक्रम सुरु भएको थियो ।

आइतबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमार्फत अध्यक्ष मोहन घिमिरेले ६६ जना मनोनित प्रतिनिधिमा अधिकांश आफूपक्षीय मनोनित गरेको भन्दै बरिष्ठ उपाध्यक्ष केदार देवकोटा पक्षले अधिवेशनस्थलमा नाराबाजी गरेका हुन् । अधिवेशन उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र मोर्चा संगठनका प्रमुखसमेत रहेका सचिव गोकर्ण बिष्ट मञ्चमा पुगेपछि पनि असन्तुष्टहरुले नाराबाजी जारी राखेका थिए ।

नाराबाजीका बीचमा बोल्नु भएका केन्द्रीय सचिव विष्टले उद्घाटन समारोहमा गरिएको नाराबाजीले पार्टी र पार्टी अध्यक्षको अपमान गरेका कारण यस्ता गतिविधि स्वीकार्य नभएको भन्दै कडा अभिव्यक्ति दिएपछि नाराबाजी रोकिएको थियो । लगत्तै औपचारिक कार्यक्रम सुरु भयो ।

राजधानी फर्कन ढिला भएका कारण मञ्चमा बोलाइएका अतिथीहरुको आसनग्रहण पूरा नहुँदै प्रमुख अतिथी ओलीले बोल्न सुरु गरे । छोटो मन्तव्यमा अध्यक्ष ओलीको अधिकांश समय कर्मचारीमै केन्द्रित गरे । तपाईंहरुमा नेतृत्व छान्ने समस्या छ, आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा जितेर पनि लामो समयसम्म प्रतिनिधि पठाउन सक्नुभएन, अध्यक्ष ओलीले भने, ‘अस्वस्थ क्रियाकलाप र दाउपेज अब जरुरी छैन्, एमाले एक छ, एमालेको विचार जबज एक छ ।’

आफू पार्टीमा लोकतान्त्रिकरणको पक्षपाती भएपनि यसखालका गतिविधिले नेतृत्व छान्ने अधिकार नदिने होकी भन्ने प्रश्न उठाएको बताए । म जेल र भूमिगत बसेको समय खेर जाला, उनले भने, ‘तपाईहरु कर्मचारी हो, होलटाइमर कार्यकर्ता होइन, जागिर खाएको खेर जाने हो र ? अध्यक्ष ओलीले एमालेले गरेका राम्रा कामको राम्रो भन्न नसक्ने कस्तो एमाले भन्दै पार्टी एकताका साथ एकवद्ध भएर अघि बढ्ने बताए।

अधिवेशन मंसिर २९ गतेसम्म चल्ने छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष मोहन घिमिरे र वरिष्ठ उपाध्यक्ष केदार देवकोटाको चर्चा छ । अधिवेशनमा मनोनित बाहेक ७ सय ४१ जना प्रतिनिधि छनौट भइआएका छन् । बरिष्ठ देवकोटा पक्षले अध्यक्ष घिमिरेले मनोनितमा एकलौटी गरेको आरोप लगाएको छ । घिमिरे पक्षले भने आधिकारिक ट्रेड यूनियनका अध्यक्ष पुण्य पौडलले अनावश्यक गुटबन्दी गरेको दावी गरेको छ ।

केन्द्रीय कमिटीले विधान अनुसार केन्द्रीय उपाध्यक्षको प्रस्तावमा प्रतिनिधि मनोनित गरेको केन्द्रिय सदस्य रामचन्द्र घिमिरेले दावी गर्नुभयो । प्रतिनिधि बिवाद महासचिव ईश्वर पोख्रेल र सचिव गोकण बिष्टको उपस्थितीमा अध्यक्ष घिमिरे, बरिष्ठ उपाध्यक्ष देवकोटा, आधाकिारिक ट्रेड यूनियनका अध्यक्ष पौडेल र पेशागत महासंघका अध्यक्ष बिसम्भर प्याकुरेल बसेर सहमतिमा टुंग्याउने स्रोतले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...