काठमाडौं,२८ मंसिर ।
संविधान संशोधन मार्फत ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोजेको विरोधमा गुल्मीमा मंगलबार चौऔँ दिन पनि बन्द छ । लगातारको बन्दले जनजीवन कष्टकर बनेको छ । बन्दका कारण बजार, उद्योग कलकारखाना खुलेका छैनन् भने गाडी पनि चलेका छैनन् ।
आन्दोलनकारीले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिँदै आएका छन् । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जिल्लामा फरक फरक प्रकृतिका आन्दोलन गरेर प्रदर्शन गर्दै आएको छ ।
सरकारले संसदमा संशोधन प्रस्ताव दर्तागरी प्रदेश नम्वर पाँचवाट गुल्मीलाई टुक्राउन लागेको बिरोधमा अनिश्चितकालीन गुल्मी बन्दको चौधौँ दिन मंगलबार पनि गुल्मी बन्द यथावत छ ।
सोमबार नेपाली कांग्रेसका चन्द्र भण्डारी र एमाले प्रदिप ज्ञवालीले विरोध सभालाई सम्बोधन गर्दै आन्दोलनमा आफूहरुको साथ रहेको बताएका थिए । लामो समयसम्मको बन्दका कारण जिल्लाको जनजीवन भने कष्टकर बन्दै गएको छ ।
चौधौँ दिन पनि गुल्मी ठप्प
Loading...