५ नम्बर प्रदेश टुक्र्याउँदा तराई–मधेसमा असन्तुष्टि
काठमाडौं, १८ मंसिर ।
प्रदेश नम्बर ५ अन्तर्गतको तराई–मधेस र पहाड अलग्याउने गरी भएको संविधान संशोधन प्रस्तावले तराई–मधेसमा असन्तुष्टि छाएको छ ।
५ नम्बर प्रदेशका पहाडी जिल्लालाई अर्को प्रदेशमा गाभ्ने प्रस्तावले बर्दियामा मधेसी अगुवाले विरोध गरेका छन् । यो प्रस्तावले हिाल, पहाड र तराईबीचको सम्बन्ध तोड्न खोजिएको उनीहरुको भनाइ छ ।
स्थानीय मधेसी अगुवा समिम अन्सारीले पहाडलाई टुक्र्याउँदा समावेशी सिद्धान्तविपरीत हुने बताएको आजको नागरिकदैनिकमा समाचार छ । गुलरिया १२ का अगुवा महावीर गोडिया प्रस्ताव फिर्ता नभए मधेसी पनि आन्दोलनमा उत्रिने बताउँछन् ।
प्रदेश टुक्र्याउन खोजिएको भन्दै शुक्रबार युवा संघले गुलरियामा दुई घण्टा चक्काजमा गरेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...