गाडी चलाउँदा ‘पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन’ ब्यानर अनिवार्य भन्दै अर्घाखाँचीमा बन्द खुल्यो


  • काठमाडौं, २१ मंसिर ।

विगत ६ दिन देखि बन्द रहेको अर्घाखाँची मंगलबारदेखि खुलेको छ । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउने गरी ल्याएको संशोधन प्रस्तावको विरोधमा भएको बन्द मंगलबारदेखि खुले पनि आफ्नो आन्दोलन भने जारी रहेको आन्दोलनकर्ताले बताएका छन् ।

बन्द खुलेसँगै अर्घाखाँचीको जनजीवन सामान्य बन्दै छ । मंगलबार लामो दूरीमा चल्ने गाडीमा अनिवार्य ‘पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन’ लेखेका ब्यानर लेखेर चलाउने, चोकचोकमा होडिङबोड र ब्यानर राख्ने २३ र २४ गते जिल्ला सरकारी कार्यालयमा मानव साङ्लो बनाउने आन्दोलनका कार्यक्रम तय गरिएको संघर्ष समितिका संयोजक बिष्णु मुस्कानले बताए ।

यस्तै बन्दका कारण १५ गतेदेखि रोकिएको विद्यालयको अर्धबार्षिक परीक्षा पाि मंगलबारदेखि सुरु हुने भएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...