'केसीको जीवनभन्दा ठूलो आफ्नो पद होइन' भन्दै आइओएम डिनले दिए राजीनामा

  • काठमाडौं १७ मंसिर । 

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् ।

नियुक्त भएको २० दिनपछि डिन सिंहले शुक्रबार त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् ।

त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसन बसेका थिए ।
केसीको जीवनभन्दा ठूलो आफ्नो पद नभएको भन्दै उनले राजीनामा दिएका हुन्। डा. केसीसँग विगतमा भएको सम्झौताविपरीत त्रिभुवन विश्वविद्यालयले वरिष्ठताको मापदण्ड मिचेर डा. सिंहलाई डिन नियुक्त गरेको थियो। 
वरिष्ठताका आधारमा डा. जगदीश अग्रवालको नाम डिन नियुक्तिको सिफारिसमा पहिलो नम्बरमा थियो। त्रिविले उनको सट्टा दोस्रो नम्बरमा रहेका सिंहलाई डिन नियुक्त गरेको हो।
यसअघि डिन नियुक्तिका सम्बन्धमा मापदण्ड बनाउन गठित रमेशकान्त अधिकारी संयोजकत्वको समितिले प्रतिवेदन बुझाउने र त्यही मापदण्डका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नयाँ डिन नियुक्ति प्रक्रिया अघि बढाउने कुरा भएको थियो।
नयाँ डिन नियुक्ति प्रक्रिया स्वीकार गर्दै केपी सिंहले राजीनामा दिई बाटो खुला गर्ने पनि भनिएको थियो। यी दुई बुँदामा छलफल गर्न भनी बिहीबार वार्ता डाकिए पनि राति अबेरसम्म विषय प्रवेश नै हुन नसकी अनिर्णित टुंगिएको थियो।

, ,

प्रतिकृया दिनुहोस्

Loading...