सुदूर र मध्यपश्चिममा भैलो पर्व मनाईंदै


  • बाजुरा,२८ मंसिर ।

धान्य पुर्णीमा बाजुरासहितका सुदूर तथा मध्यमश्चिमका पहाडी जिल्लामा भैली खेलेर भैलीपुनी मनाईंदै छ । भैलीपुनी पर्व सुदूर र मध्यय पश्चिमका पहाडी जिल्लामा मनाउने गरिन्छ ।

यो पर्व बाजुरा, बझाङ, अछाम, कालीकोटी, जुम्ला, हुम्ला र मुगुमा यो पर्व धुमधामसँग मननउने गरिएको छ । मंगलबार राति गाउँमा भरी भैलो खेलेर उठाएको अन्नले गाउँका सबै वनभोज जाने चलन छ । त्यसलाई भैले भात भनिन्छ ।

१२ वर्ष वनबास र १ वर्ष गुप्तबास गरी १३ वर्षसम्म घर बाहिर बसेका पाण्डवहरु पूर्णिमाको अघिल्लो दिन घर फर्केको र त्यही खुशीयालीमा धान्यपूर्णिमा मनाउने चरलन रहेको ज्योतिष कुष्मराज पण्डितले बताउनुभयो ।

,

प्रतिकृया दिनुहोस्

Loading...