बालविवाह रोकथाममा किशोरी समुह सक्रिय


  • बैतडी,२५ मंसिर ।

बैतडीका विभिन्न गाविसमा गठन गरिएका किशोरी समूहले बालविवाह रोक्नका लागि पहल गरिरहेका छन् । किशोरी समूहको पहलमा रौलेश्वर तथा शंकरपुरमा शुक्रबारका लागि तय भएका बालविवाह रोकिएका छन् ।

किशोरी समूहको विशेष पहलमा बालविवाह रोकिएको महिला तथा बालबालिका कार्यालय बैतडीले जनाएको छ । बालविवाहका कारण महिलाको समग्र जीवनमा समस्या पर्ने भएकाले यसको न्यूनिकरणका लागि किशोरी समूहलाई परिचालन गरिएको महिला विकास अधिकृत अनिता बुढाऐरले बताए ।

जिल्लाका विभिन्न गाविसमा मंसिर महिना लागेदेखि बालविवाह न्यूनिकरणका लागि किशोरी समूह परिचालन गरिएको उहाँले बताउनुभयो । यसअघि मंसिर १५ गतेका लागि तय भएको बालविवाह पनि रोकिएको थियो । बालविवाहले पार्ने असरका बारेमा किशोरीलाई तालिम दिएपछि किशोरी बालविवाह न्यूनिकरणको अभियानमा लागेका हुन् ।

किशोरी समूहको पहलमा अहिले जिल्लाभरी बालविवाह न्यूनिकरणको अभियान सञ्चालन भइरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए। बैतडीलाई २०७५ भित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ बालविवाह न्यूनिकरण अभियान सञ्चालन भइरहेको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...