संक्रमणकाल लम्बिँदै जाँदा संघीयताविरोधी शक्तिहरु एकताबद्ध भए


काठमाडौं, २५ मंसिर । 

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संक्रमणकाल लम्बिँदै जाँदा संघीयताविरोधी शक्तिहरु एकताबद्ध भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘संविधान संशोधनमा हाम्रो सरोकार’ विषयत्मक अन्तरक्रिया कार्यक्रममा भट्टराईले संविधान संशोधनमार्फत मधेसी, थारु, आदिवासी लगायतका सीमान्तकृत समुदायहरुको माग पूरा गर्न सरकारसँग संवादमा रहेको बताए ।

सरकारले ल्याएको संशोधन प्रस्ताव अपूरो रहेको भन्दै उनले नयाँ शक्ति पार्टीले आन्दोलनरत सबै पक्षको माग सम्बोधन हुने गरी संशोधन प्रस्तावलाई परिमार्जन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए ।

संशोधन प्रस्तावमा भाषा, नागरिकता र प्रदेशहरुको सीमांकनको विषयमा अझ प्रस्टताका साथ प्रस्ताव आउनुपर्ने कुरामा जोड दिंदै भाषाको सन्दर्भमा बहुभाषिक नीति अनुसार भाषामा परिमार्जन प्रस्ताव आउनुपर्ने बताए ।

नागरिकताको सवालमा बाहिर हल्ला फिँजाइएको जस्तो अंगीकृत नागरिकता भएका व्यक्तिहरुलाई संसारमा कहीं पनि देशको सर्वोच्च पदमा स्थान नदिइने भएकोले अंगीकृत नागरिकले सर्वोच्च पदमा आसिन हुन पाउने भन्ने चर्चा सहि नभएको बताए ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...