संसदीय गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले छलफल गर्दै


काठमाडौं, २५ मंसिर ।

प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुसँग थप छलफल गर्दै छन्।

सभामुख ओनसरी घर्तीसँग बालुवाटारमा शनिबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले गतिरोध अन्त्य गर्न अहिलेपनि औपचारिक तथा अनौपचारिक रुपमा छलफल भइरहेको र शनिबारदेखि थप छलफल गर्ने बताए ।

उनले आउँदो बिहीबार बोलाइएको संसदको अर्को बैठक सम्ममा सहमति जुट्ने विश्वास पनि ब्यक्त गरे । भेटमा सभामुख घर्तीले संसद अवरुद्ध हुँदा चुनाव सम्बन्धि कानून, महाअभियोग प्रस्ताव लगायत महत्वपुर्ण विषय संसदमै अल्झिरहेकाले तत्काल संसद खुलाउन पहल गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेकी थिइन्।

सभामुख घर्तीले आफू आउँदो बुधबारसम्म विदेशमा रहने भएकाले त्यो समय उपयोग गरेर गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी थिइन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...