डाइभर्सन निर्माणपछि दलदलेमा एकतर्फी यातायात सञ्चालन


  • कावासोती, २६ मंसिर ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देबचुली-१२ दलदलेस्थित बौलाहा खोलाको पुल भाँचिएपछि डाइभर्सनमार्फत् एकतर्फी यातायात सञ्चालन गरिएको छ ।

आइतबार बिहान ३ बजे ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्वपट्टिको भागमा ठक्कर दिँदा बायाँतर्फको भाग एक फिट तल लच्केको छ ।

इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाले सडक डिभिजन कार्यालय बुटवल र प्रहरीको सहकार्यमा डाईभर्सन निर्माण गरेर अहिले सवारी पास गरिरहेको बताए ।

पुल भाँचिएपछि राजमार्गमा सवारी साधनहरुको ७० किलोमिटर भन्दा लामो लाइन लागेको छ । दलदलेदेखि डण्डाबजारसम्म र केउरेनीदेखि गैंडाकोटसम्म सवारीको लाइन रहेको छ ।

यातायातका साधनहरु बीच बाटोमै रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् । स्कुल बस, एम्बुलेन्स र अतिआवश्यक सवारी साधनहरु पनि सञ्चालन हुन सकेका छैनन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...