पाकिस्तान एअरलाइन्सको जहाज दुर्घटना, ४० जनाको मृत्यु भएको आशंका


  • एजेन्सी, २३ मंसिर ।

पाकिस्तान अन्तर्राष्ट्रिय एअरलाइन्स (पीआइए)को एउटा विमान बुधबार दुर्घटनाग्रस्त भएको छ ।

पाकिस्तानको चितरालबाट इस्लामावादका लागि उडेको ‘पीके–६६१’ विमान करपाल गाउँमा दुर्घटना भएको पाकिस्तानी विमान सेवाका प्रवक्ताले जनाएका छन् ।

४० जना यात्री र चालकदलका पाँच सदस्यसहित स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजेर ४० मिनेटमा चितरालबाट उडेको विमानको ४ बजेर १४ मिनेटमा राडारसँग सम्पर्क टुटेको थियो ।

जहाजमा सवार सबैको ज्यान गएको स्थानीय प्रहरी तथा प्रतक्षदर्शीले बताएपनि पाकिस्तानी अन्तर्राष्ट्रिय विमानस्थलले भने अझै पुष्टि गरेको छैन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...