अर्घाखाँचीमा यसरि निस्कियो थाल जुलसु


  • अर्घाखाँची, २६ मंसिर ।

अर्घाखाँचीको सन्धिखर्कमा महिलाहरुले रित्तो थाल ठटाएर प्रदर्शन गरेका छन् ।

पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशबाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको भन्दै विरोध स्वरुप उनीहरुले थाल ठटाएर प्रदर्शन गरेका हुन् । 

थाल जुलुस सन्धिखर्कको शान्ति बगैंचा, मेन रोड, हललाइन, बसपार्क, चुत्राबेसी, भक्तिटोला, बैंकरोड हुँदै पुनः शान्ति बगैचामा गएर कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै संयुक्त संघर्ष समितिका संयोजक तथा कांग्रेस जिल्ला सभापति बिष्णुप्रसाद खनालले सबै नेता तथा कार्यकर्ताहरु एकजुट भएर पहाड र तराइलाई एकै टाउँमा राख्नु पर्ने बताए । उनले दलीय अडान भन्दामाथि उठेर देश र नागरिकका लागि काम गर्नु पर्ने बताए ।

१२ दिनदेखि बन्द रहेको अर्घाखाँचीमा सम्पूर्ण शैक्षिक सस्था, कलकरखाना, बजार र यातायातका सम्पूर्ण साधन ठप्प छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले ४५ वटा गाडी नियन्त्रणमा लिएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...