खानेपानी राज्यमन्त्रीले दिए निर्देशन - मेलम्ची आयोजनाको काम छिटो सक्नुहोस


  • मेलम्ची, २४ मंसिर ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाको काम छिटो सक्न निर्देशन दिएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको निरीक्षणपछि उनले जति सक्दो चाँडो आयोजनाको काम सम्पन्न गरेर काठमाडौँमा पानी लैजान निर्देशन दिएका हुन् । 

स्थानीयवासीले मेलम्ची, याङ्ग्री र लार्के खोलाको पानी लगेपछि रोयल्टी पाउनुपर्ने र वातावरणीय हिसाबले जोखिम रहेको क्षेत्रलाई ख्याल गरी सुरुङ खन्न माग गरेको ह्योल्मो सिन्धु सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङले बताए ।

यसैबीच स्थानीयवासीले आयोजनाको सुरुङस्थलमा भेटिएको सुन जस्तो पदार्थ सुन नै भएको र आफूहरुलाई झुक्याएको भनेर विरोध गरेपछि स्थानीय समुदाय र राजनीतिक दलको रोहबरमा पुनःपरीक्षण गर्न पठाइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...