अनुदानसहित सरकारले साझा प्रकाशनलाई ३० करोड दिने

- काठमाडौं,२७ मंसिर ।
चरम आर्थिक अवस्था खेपिरहेको साझा प्रकाशनलाई सरकारले ३० करोड रुपैयाँ दिने भएको छ ।
मन्त्रिपरिषदको आइतबारको बैठकले साझा प्रकाशनलाई २० करोड ऋण र १० करोड अनुदान गरी ३० करोड रुपैयाँ दिने निर्णय गरेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो ।
मन्त्री पौडेलले साझाले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई तिर्नुपर्ने रकम पनि त्यही रकमबाट व्यवस्थापन गर्नुपर्ने बताए ।
विभिन्न बैंकमा धितोका रुपमा राखेको जग्गा लिलामीका लागि बैंकले ताकेता गर्दै आएपछि साझाले ऋण र अनुदानको व्यवस्था गरिदिन सरकारसँग माग गर्दै आएको थियो । झण्डै एक हजार पाँच सय स्रष्टा सेयर सदस्य रहेको साझा प्रकाशनका कर्मचारीले ६ महिनादेखि तलब दिन सकेको छैन ।
प्रतिकृया दिनुहोस्
Loading...