बारामा जन्ती बस र कार ठोक्किँदा चार जनाको मृत्यु


  • काठमाडौं, २५ मंसिर । 

बारामा जन्ती बोकेकाे बस र कार ठोक्किँदा चार जनाको मृत्यु गएको छ ।

वीरगञ्जबाट जन्ती लिएर नारायणघाट जाँदै गरेको ना ६ ख ६७५४ नम्बरको बस र बा १२ च ८२९० नम्बरको कार बाराको आधाभार जंगलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण कारमा सवार चार जनाको ज्यान गएको हो । दुर्घटनामा कार चालक खोटाङ मंगलटारका २३ वर्षीय दीपक थापा मगर, २८ वर्षीय महेन्द्र आले, सुनसरीकी २५ वर्षीय कुमारी थापा र उनका ११ महिनाका छोरा जेनिसको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना घाइते छन् । घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...