जीवनको बाकी समय पनि खेलकुद र समाजका लागि खर्च गर्छु : समाज सेवी मणिराज बिस्ट


  • इमान्दार मिडिया संवाददाता ।

२०५६ सालदेखि गेम टिचरको रुपमा काम गरिरहेका समाजसेवी तथा राजनीतिकर्मी मणिराज बिस्ट, यस्ता व्यक्ति हुन् जसले २०४६ सालदेखी नेपाली कांग्रेसको राजनीति गरे ।

विष्टले अहिले वडा नम्बर १५ ललितपुरका निर्वाचित अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । 

त्यस्तै समाजसेवी बिस्ट हाल तेक्वान्दो संघ ललितपुर साखाका अध्यक्ष र खुमलटार युवा क्लबको अध्यक्षको रुपमा पनि जिम्मेवारी समाल्दै समाज सेवाका विभिन्न काममा सकृय रहेका छन् ।

उनै बिस्टसंग इमान्दार मिडियाले गरेको कुराकानी :

मणि जी सन्चै हुनुहुन्छ ?

हजुर आरामै छु !

तपाइलाई राजनीतिकर्मी र खेलकर्मी भनेर चिन्ने गरिन्छ, तर आम पाठकले तपाईलाई बढी के भनेर चिन्छन् होला ?

म राजनीति पनि गर्छु ।  खेलकर्मी पनि हो । तर खासमा म राजनीति कर्मी भन्दा पनि बढी खेलकर्मी नै हो ।

भनेपछि तपाईलाई खेलप्रेमी भनेर भन्दा नै उपयुक्त होला हैन ?

हो अहिले नेपालको राजनीतिप्रति जनताको खासै सकारात्मक सोच छैन । तर पनि यो देशमा जनताले प्रजातन्त्रका लागी निकै ठुल्ठुला लडाई लडेका हुनाले म डेमोक्रेसीलाइ आत्मसात गर्ने राजनीति गर्छु . त्यसकारण मैले नेपाली कांग्रेसको राजनीति गर्छु, मलाइ दुवै हिसाबले चिन्दा ठिक होला  ।

तपाइले आफ्नो राजनीति यात्रा कहिले देखी सुरु गर्नुभयो ?

मेरो राजनीतिक यात्रा त २०४६ साल वरपरदेखी नै हो । त्यो बेला मैले माध्यमिक तहको पढाइ गरिरहेको थिए  ।

नेपाली कांग्रेसको राजनीति गर्दा तपाइँ बाहिरी जिल्लाहरुमा पनि जानु भयो या ललितपुर मात्रै बस्नुभयो ?

मैले राजनीति सुरु पनि ललितपुरबाट गरे र अहिलेसम्म यतै छु । मलाई ललितपुरका स्थानीयले आफ्नो नेताका रुपमा चिनिसकेका छन् त्यसैले पनि अरु जिल्लामा कार्यक्षेत्र लिएर जानु भन्दा यहि ठाउँमा नै राजनीति गर्दा ठिक होला जस्तो लाग्छ ।

तपाइँले ललितपुरबाट राजनीति गर्दा नेपाली कांग्रेसको कुन तह सम्म पुग्नुभयो ?

अहिलेसम्म ललितपुर क्षेत्र नम्बर ३ अन्तर्गत वार्ड नम्बर १५ को निर्बाचित अध्यक्षको जिम्मेवारी लिएको छु, अहिले पनि सोही जिम्मेवारी निर्बाहा गरिरहेको छु  ।

पहिलो पटक अध्यक्षमा कहिले निर्बाचित हुनुभयो ?

पहिलाेपटक म नेपाली कांग्रेसको बाह्रौ अधिबेशनबाट निर्बाचित भए । त्यसपछि अाएर अहिले १३ अाैं महाधिवेशनबाट पुन:निर्बाचित भए । अहिले दोस्रोपटक यो जिम्मेवारी पाएपछि भने आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्हालिरहेको रैछु भन्ने अनुभूति भएको छ  ।

के ललितपुरमा नेपाली कांग्रेसको राजनीति बलियो नै छ त ? के लाग्छ यहाँलाई ?

हो ललितपुरमा नेपाली कांग्रेसको राजनीति बलियो नै छ भन्नुपर्छ। हाम्रो क्षेत्रमा भने केहि आन्तरिक अन्तरविरोध छ । हामि कांग्रेस भनेका प्रजातन्त्र मान्ने मान्छे हौं।

अर्को कुरा के भने हामीले आफ्नो कुरा पनि नलुकाइकन भन्ने गरेका छौ । त्यसैले मैले नलुकाई भन्दा हामीले यसपाली ५३ बर्षपछि मात्र निर्बाचन जितेका हौ । यो ५३ बर्ष सम्म हाम्रो आन्तरिक बिबादका कारण नै हामीले नजितेको भन्ने मेरो बुझाई छ ।

कांग्रेसको राजनीतिमा आन्तरिक स्वतन्त्रता पनि निकै बलियो छ भन्छन नि त ?

छ, त्यसैले त हारियो यतिका बर्ष । कम्युनिष्ट पार्टीमा अनुशासन अलिकति कडा नै हुन्छ त्यसैले उनीहरु आफ्नो बर्गका लागी राजनीति गर्ने भनेपछि निकै मेहनतका साथ् काम गर्छन। 

हाम्रो कांग्रेसका साथीहरुमा एकले अर्काले खुट्टा तान्ने प्रवृति हुन्छ । त्यसैले समस्या आएको हो । पार्टी विभाजन र पुन: जुट्नुपर्ने पनि यहि कारण भएको हो ।

अब हामी निरन्तर त्यसलाई सच्याउने प्रयासमा छौ । हामीले जनतालाई यो बाचा दिन्छौ कि कम्तिको हाम्रो पालामा कांग्रेसको राजनीति गर्ने र कांग्रेसको राजिनितीलाइ समर्थन गर्ने नेता कार्यकर्ता सबैलाई आन्तरिक र बाह्य स्वतन्त्रताको अनुभूति दिलाउने छौ ।

राजनीतिमा तपाइको जागर त अझै निकै देखिन्छ,  फेरी पनि वडामै राजनीति गर्ने कि अब क्षेत्र, जिल्लातिर पनि अगाडी बढ्ने हो ?

हो मैले अब एउटा वडा मात्रै भन्दा पनि आफ्नो क्षेत्रलाई अलि फराकिलो बनाउने सोचेको छु । यसरी आफ्नो क्षमता र जिम्मेवारीलाई बढाएर थप यो क्षेत्रका जनताको लागी अझै केहि बर्ष दुख गर्ने मेरो सोचाइ छ । यसमा यहाका स्थानीय जनता र तपाई मिडियाकर्मिको पनि साथ् र सहयोग रहने छ भन्ने आशा गरेको छु ।

ओहो ! त्यसो भए एक पटक सांसद पनि हुने रहर छ कि क्या हो मणिराज जी ?

पार्टीले विश्वास गरेर टिकट दियो भने यस क्षेत्रका स्थानीय जनता र कार्यकर्ताले सहयोग गरे, भोट दिएर पठाए भने जनताको प्रतिनिधित्व गर्दै राज्यको नीति निर्माण गर्ने तहसम्म पुग्ने हो । जनताकै निम्ति पुरा मेहनतका साथ समाज र यो देशका लागी केहि गर्ने जोस जागर र इच्छाशक्ति सबै छ ।

तपाइँ अहिले कुन-कुन सामाजिक जिम्मेवारीमा हुनुहुन्छ ?

म अहिले खुमलटार युवा क्लबको अध्यक्ष, तेक्वान्दो संघ ललितपुरको अध्यक्ष र नेपाली कांग्रेस ललितपुर १५ को अध्यक्षको जिम्मेवारीमा छु । यो ३ जिम्मेवारी नै सामाजिक कामको जिम्मेवारी हो भन्नुपर्छ।

खुमलटार युवा क्लबको अध्यक्ष कहिले हुनुभयो ?

२०७२ बैसाख १२ गते भूकम्प आएकै दिन अध्यक्षमा निर्बाचित भएको हुँ। देशमा संकट आएको दिन लिएको जिम्मेवारीले मलाइ झन् जिम्मेवार बनायो ।

मैले जिम्मेवारी समाल्दा क्लबको हालत निकै खराब थियो। खातामा जम्मा ५ हजार थियो। म जिम्मेवारीमा आएपछि सबैसँग सहयोग लिए । अहिले क्लब एकदम राम्रो चलेको छ ।

म आउदा क्लब नबिकरण नगरेको नै ६ बर्ष भैसकेको रहेछ । मैले सबै सम्बन्धित निकायमा तिर्नुपर्ने आवश्यक रकम जुटाए र क्लब  नबिकरण पनि गरे।

यो क्लब कुन डिभिजनको हो ? यसले कुन -कुन खेलकुदमा सहभागिता जनाउन सक्छ ?

यो 'बि डिभिजन'को फुटबल क्लब हो। यस्ता बि डिभिजनका क्लब देशभरि जम्मा १४ ओटा मात्र छन् । यिनीहरुले एन्फाले आयोजना गर्ने खेलमा क्लबबाट आफ्नो टिमको सहभागिता जनाउने गर्छन।

त्यसैले यस्ता क्लबले अरु १३ ओटा क्लबसँग खेल्छन । हाम्रो क्लब पनि एन्फासँग आबद्ध हुन्छ, एन्फाको अनुमतिमा नै यसको कामहरु हुने गर्छन।

एउटा खेल आयोजना हुँदा अनुमानित आर्थिक खर्च कति सम्म होला ?

एउटा 'बि डिभिजन'को खेल आयोजना हुँदा २० देखि ३० लाख सम्म व्यवस्थापन खर्च हुने गर्छ । हामीलाई अहिलेसम्म यस्तो खर्च हाम्रा दाताहरुसँग जुट्ने गरेको छ।

तपाइको दाता को हुन् सक्छ भन्न मिल्छ ?

यो त हाम्रो गोपनियताको कुरा भयो नी । अहिले त भन्न मिल्दैन तर खेल आयोजना हुँदा भने तपाइहरुले सजिलै थाहा पाउन र आम जनतालाई जानकारी गराउन पाउनु हुनेछ।

अनि तेकवान्दो ललितपुरको अध्यक्षमा कहिले निर्बाचित हुनुभयो ?

तेकवान्दोमा मेरो ४ बर्षे कार्यकाल हो अब १ बर्ष बाकी छ । मलाइ लाग्छ अब अर्को बर्ष पनि साथीहरु सबैले मलाइ जिम्मेवारी दिए भने अझै यो संस्थामा रहेर यो संस्थालाइ थप बिकाश गर्ने लक्ष छ।

तपाइको खेल जिबन कहिले देखी सुरु भएको हो ?

मेरो आफ्नो खेल जिबन सुरु भएको त ३० बर्ष बढी नै भैसकेको छ । मैले आफैले सिकाउन सुरु गरेको नै २०५६ साल देखी हो। त्यस हिसाबले म गेम टिचरको रुपमा खेल जिबन सुरु गरेको नै १७ बर्ष पुरा भैसकेको छ ।

त्यति बेला तपाइले व्यक्तिगत रुपमा सिकाउँन सुरु गर्नु भयो कि कुनै संस्था मार्फत ?

हामीले खुमलटारमा नै डोजांग क्लब स्थापना गरेका थियौ ।  त्यति बेला म पनि संस्थापक रहेर काम गरे । हाे त्यहि बेलादेखी नै मैले डोजो कराते सिकाउँन सुरु गरेको हो।

अहिले कुन कुन ठाउँमा खेल सिकाउने जिम्मेवारी छ तपाइको ?

मैले जेम्स स्कुल ललितपुरमा गेम टिचरको जिम्मेवारी निर्बाह गरेको छु । त्यस्तै अर्को ललितपुरकै नखिबोटमा रहेको सम्पूर्ण स्कुलमा पनि गेम टिचरको रूपमा काम गरिरहेको छु।

अन्त्यमा केहि भन्नु छ ?

अन्त्यमा खास गरी मैले राजनीति भन्दा बढी खेल क्षेत्रलाइ नै समय खर्च गरेको छु । अहिले सम्म खेल क्षेत्रको माथिल्लो तहमा पुगेका मान्छेहरुले खेल क्षेत्रको खासै हामीले सोचेको जस्तो बिकाश गर्न सकेको मलाइ लाग्दैन । 

त्यसैले खेल क्षेत्रमा रहेर केहि समय काम गर्न सकिन्छ भन्ने मेरो धारणा छ। राज्यले मलाइ खेकुद परिसद जस्तो माथिल्लो निकायको जिम्मेवारी कुनै समय दिएछ भने पनि त्यो जिम्मेवारी मज्जाले निर्बाह गर्न सक्छु भन्ने मलाइ आत्मविश्वास छ ।

आफ्नो मिहिनेत पुगेसम्म यो देशको खेल क्षेत्रलाइ निकै योगदान दिने मेरो मनसाय हो । यसमा सम्बन्धित सबै पक्षको ध्यान जावोस भन्ने मेरो चाहना  छ।

हामीलाई आफ्नो व्यस्त समय दिनु भयो धन्यवाद ।

मेरा धारणा आफ्नो मिडियामार्फत आम पाठकहरुसम्म पुगाउने अवसर दिनुभएकोमा तपाईहरुलाई साथै इमान्दार मिडिया परिवारलाई पनि हार्दिक धन्यावाद !

,

प्रतिकृया दिनुहोस्

Loading...