तालमा मिनीबस खस्दा १८ व्यक्तिको मृत्यु

बेजिङग, १७ मङ्सिर ।

चीनमा शुक्रबार भएको एक सडक दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

करिब २० यात्रु सवार रहेका उक्त मिनीबस चीनको मध्य प्रान्त हुबेइको इझौउबाट वहानतर्फ गईरहेको र एक तालमा खस्दाँ कम्तीमा १८ व्यक्तिको मृत्यु भएको रा सिसिटिभीले जानकारी दिएको छ ।

सडककिनारमा रहेको तालबाट दुर्घटनाग्रस्त मिनीबस निकालेको सिसिटिभीले दृष्य देखाएको छ । दुर्घटनाग्रस्त सो बसका चालकलाई भने गिरफ्तार गरिएको् जनाइएको छ ।

चीनमा सडक दुर्घटना एक साधारण घटनाको रुपमा हुने गरेको र सन् २०१३ मा भएका सडक दुर्घटनाहरुमा दुई लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

तर यो सङ्ख्या सरकारी तथ्याङ्कभन्दा असाधारणरुपमा बढी भएको सरकारी तथ्याङ्क विभागका अधिकारीले बताएका थिए । गत वर्ष भएका सडक दुर्घटनामा चीनमा ५८ हजार २२ व्यक्तिको मृत्यु भएको थियो ।

गत नोभेम्बर चीनको उत्तरी प्रान्त सान्सीमा भएको दुर्घटना १७ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५६ वटा सवारी साधान क्षतिग्रस्त भएको थियो ।

त्यसैगरी चीनको उत्तरी सहर तिआन्जीनमा गत जुलाइमा भएको सडक दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...