प्रतिबन्धित भारु साट्न बन्यो सफ्टवेयर


  • काठमाडौं, ३ पुस ।

नेपाल राष्ट्र बैंकले पाँच सय र एक हजार रूपैयाँको भारतीय नोट साट्ने पहल भइरहेको बताएकाे छ ।
राष्ट्र बैंकले प्रतिबन्धित पाँच सय र हजारका भारतीय नोट सटहीका लागि छुट्टै सफ्टवेयर तयार पारेको पनि जानकारी दिएकाे छ ।
बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले विराटनगरमा आज पत्रकारहरुसँग कुराकानी गदै  राष्ट्र बैंकले यस्ता नोट सटहीका लागि विशेष सफ्टवेयर बनाएर नेपालीवाहेकले साट्न नपाउने व्यवस्था गर्न लागेको जानकारी दिए ।
राष्ट्र बैंकले तयार पारेको सˆटवेयर र सटही सम्वन्धी व्यवस्थाको खाका रिजर्ब बैंक अफ इन्डिया (आरबिआई)लाई पठाइसकेको उनले जानकारी दिए ।
डिपुटी गभर्नर शिवाकोटीका अनुसार नेपालीले २५ हजार भारतीय रुपैयाँ मात्रै साट्न पाउने व्यवस्था अनुसारको खाका आरबिआईलाई पठाएको छ ।
शिवाकोटीले दिएको जानकारी अनुसार एक नेपाली नागरिकले एक पटकमा बढीमा २५ हजार रुपैयाँ साट्न पाउनेछन् । त्योभन्दा बढी साटेको पत्ता लागेमा नोट जफत गरिने छ । त्यस्तै साट्न खोजिएको भारतीय नोटको स्रोत पनि उल्लेख गर्नुपर्ने छ ।
शिवाकोटीका अनुसार नोट साट्न आउने नागरिकलाई फाराम दिइने र उसले उक्त फाराममा आˆनो नागरिकताको प्रमाणपत्रको नम्बर, जिल्ला र फोन नम्बरसमेत उल्लेख गर्नुपर्नेछ ।
नेपालमा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँ भारतीय वैधानिक नोट रहेको बताइन्छ । पाँच सय र एक हजार दरका नोट बैंक तथा वित्तिय संस्थामा दुई अर्ब ५२ करोड रूपैयाँ र होटल, ट्राभल एजेन्सी लगायतका व्यवसायिक क्षेत्रमा ८१ करोड गरी जम्मा तीन अर्ब ३६ करोड ९० लाख रूपैयाँ रहेको अनुमान गरिएको पनि शिवाकोटीले जानकारी दिए ।
भारतमा मजदूरी गरेर आउने, भारतीय सेनामा कार्यरतले लिने पेन्सन, औषधि उपचार र विद्यार्थीले जम्मा गरेर राखेको रकम साट्ने विषयमा समेत पहल भइरहेको डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...