महिला सभामुखहरुको विश्व शिखर सम्मेलनलाई घर्तीले सम्वोधन गर्दै

- काठमाडौँ २८ मंसिर ।
युएईको अबुधावीमा जारी महिला सभामुखहरुको विश्व शिखर सम्मेलनको दोस्रो दिन आज सभामुख ओनसरी घर्तीले सम्बोधन गर्दै छन् । हिजोबाट सुरु सम्मेलनमा विश्वका ३५ महिला सभामुखसहित ५० देशका सरकारी उच्चअधिकारीहरुको सहभागिता छ ।
सम्मेलनमा सभामुख घर्तीले नेपालमा संविधान घोषणा पछिको महिलाहरुको अवस्थाबारे सम्बोधन गर्दै महिला अधिकारको क्षेत्रमा नेपालको प्रतिबद्धता ब्यक्त गर्नुहुने उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
एक हजार बढी सहभागी रहेको दुई दिने सम्मेलन हिजो सुरु भएको हो । सम्मेलनको पहिलो दिन हिजो बोल्ने अधिकांश प्रतिनिधिले बिश्वले सामना गरिरहेका बिभिन्न समस्याका बारे चर्चा गर्दै समाधानका लागि महिलाहरुको भूमिकाबारे प्रष्ट्याएका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...