मेक्सिकोको एक पटाका बजारमा विस्फोट, २६ जनाको मृत्यु

- एजेन्सी, ६ पुस ।
मेक्सिकोको लोकप्रिय तथा व्यस्त पटाका बजारमा विस्फोट हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ ।
राजधानी मेक्सिको सिटीको बाहिरी क्षेत्रमा रहेको सान पाब्लिटो पटाका बजारमा विस्फोट भएको हो । विस्फोटमा परि ६० जना भन्दा धेरै घाइते भएका छन् ।
खुला आकाशमुनि रहेको बजारमा सुरुको पसलबाट विस्फोट तथा आगलागी सुरु भएको र त्यसले सम्पूर्ण बजार घेरेको तस्बिरमा देखिएको छ ।
प्रहरी तथा उद्धारकर्मीले उद्धार तथा राहतको काम गरिहेका छन् । यो बजारमा यसअघि सन् २००५ र २००६ मा पनि आगलागी भएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...