युकेमा यसरी भयो प्रियंकाको जवानी ब्लाष्ट (भिडियोसहित)



चलचित्र ‘पुरानो डुङ्गा’ अभिनयबाट खासै हंगामा मच्चाउन नसकेकी अभिनेत्री प्रियंका कार्कीले युकेमा भने आफ्नो जवानी ब्लाष्ट गरेकी छन् ।

चलचित्र ‘ह्याप्पी डेज’ सुटिङका लागि युके पुगेकी प्रियंकाले ‘यूके डान्स अफ २०१६’नामक प्रतियोगीतामा आफ्नो जवानी ब्लाष्ट गरेकी हुन् ।

केही दिन अगाडि सामुयल कोडी स्पोर्टस सेन्टर फार्नबोरोमा आयोजित उक्त प्रतियोगीतामा प्रियंकाले केही गीतमा आकर्षक नृत्य समेत गरेकी छन् ।

कार्यक्रममा उनले ‘मेरो नाम काली’ र ‘ब्लाष्ट हुने वाला छ मेरो जवानी’ र ‘म त चमेली’बोलको गीतमा नृत्य प्रस्तुत गरेकी हुन् । उनको नृत्यमा उपस्थित दर्शकले शिट्टी र तालीले साथ दिएका थिए ।

प्रतियोगीतमा प्रियंकाले कोरियोग्राफरसँगै निर्णायकको भुमिका पनि निर्बाह गरेकी थिइन् । सपन इन्टरटेनमेन्टले पहिलो पटक यूकेमा यस्तो प्रतियोगीता आयोजना गरेको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...