छोरा जन्माउन चाहनुहुन्छ ? पत्रिकाले बतायो यी ६ तरिका !




केरलको पत्रिका मंगलमले महिलालाई यस्ता ६ तरिकाबारे जानकारी दिएको छ जसलाई अपनाएर, पत्रिकाका अनुसार उनीहरुले छोरा जन्माउन सक्छन् ।

स्वास्थ्य सम्बन्धि जानकारी दिने पत्रिकाको पानामा छापिएको लेख अनुसार यदि महिलाले धेरै खाना खान्छिन् र पश्चिमतर्फ मुख फर्र्काएर सुत्छिन् भने उनी छोरा जन्माउन सक्षम हुन्छिन् ।

यस्तै, महिलाले हप्तामा कुन दिन सम्भोग गर्दा छोरा हुन्छ भन्ने विषयमा पनि सल्लाह दिएको छ र यदि कसैले छोरा जन्माउन चाहेमा ती महिलाले कहिले पनि बिहानको नास्ता छोड्न नहुने पनि उक्त पत्रिकाले बताएको छ ।

लेखका अनुसार हप्ताको केही विशेष दिन शुक्राणु निकै सक्रिय हुन्छ जसका कारण छोरा जन्मिने सम्भावना बढ्छ । पुरुषले अमिलो खानेकुराहरु खान छोडेर शुक्राणुलाई बलियो बनाउन सक्ने सल्लाह पत्रिकाले दिएको छ ।

स्मरण रहोस्, माथि उल्लेखित सबै कुराहरु मेडिकल साइन्सले पुष्टि गरेको छैन ।

महिलाको अधिकारको विषयमा आवाज उठाउने ‘द लेडिज फिंगर’ ले यो लेखको अनुवाद प्रकाशित गरेको छ ।

पत्रिकाले व्यंगात्मक शैलीमा टिप्पणी गरेको छ, ‘लिंग परिक्षणविरुद्ध बनेको सबै कानूनका लागि यो ठूलो राहतको कुरा हो । कमसेकम यो विषयमा एउटा चेकलिष्ट छ जसलाई छोरा जन्माउनका लागि अपनाउन सकिन्छ ।’

चिकित्सक शाजिया मलिकका अनुसार छोरा छोरी जन्मने भनेको भाग्यको कुरा हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...