दुर्गमका एक सय विद्यार्थीले पाए शैक्षिक सामग्री


  • सल्यान, २६ मंसिर ।

दुर्गम क्षेत्रका विद्यालयमा अध्ययन गर्ने एक सय २० विद्यार्थीले शैक्षिक सामग्री पाएका छन् ।

उत्तरी क्षेत्रमा रहेका दार्माकोट ढाकाडाम, भल्चौर र जिमाली गाविसमा रहेका ४५ विद्यालयका बालबालिकाले प्रतिविद्यार्थी झन्डै रु चार हजार बराबरको छात्रवृत्ति बापतका सामग्री प्राप्त गरेका हुन् ।

सेभ द चिल्ड्रेनको सहयोगमा सामग्री प्राप्त गर्नेमा ढाकाडाम गाविसका १३ विद्यालयका ४४, भल्चौर गाविसका १२ विद्यालयका २६ , दार्माकोट गाविसका ११ विद्यालयका ३० र जिमाली गाविसका नौ विद्यालयका बालबालिका छन् ।

उनीहरुलाई प्रतिविद्यार्थी एक जोर विद्यालय पोसाक, एक जोर जुत्ता, झोला, एक वर्षलाई पुग्ने कापी, कलम, शब्दकोश, सामान्य ज्ञानका पुस्तक लगायत प्रदान गरिएको दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिए ।

उनीहरुलाई जिल्लास्थित क्रियाशील पत्रकार, जिल्ला शिक्षा कार्यायलका स्रोत व्यक्ति, दलित विकास समाज सल्यान र सेभ द चिल्ड्रेनका प्रतिनिधि लगायतले गाविसमै पुगेर सामग्री प्रदान गरेका हुन ।

पछाडि परेका समुदाय, गरिब, जेहेन्दार, दलित, आमाबाबु गुमाएका तथा शैक्षिक सामग्री र पोसाकका अभावमा विद्यालय जान नपाएका बालबालिका छानेर विद्यालयको सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको सेभ द चिल्ड्रेन, जिल्ला कार्यक्रम संयोजक विमला सुवेदीले बताए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...