यु–१९ एसिया कप क्रिकेट खेल्न नेपाली टोली आज श्रीलंका जाँदै


  • काठमाडौं, २८ मंसिर ।

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट खेल्न नेपाली टोली मंगलबार श्रीलंका जाँदैछ । बिहान साढे ११ बजे हिमालयन एयरमार्फत नेपाली टोली श्रीलंकातर्फ जाने कार्यक्रम छ ।

नेपाली टोलीमा बलिङ, ब्याटिङ र फिल्डिङको सन्तुलन मिलेकोले यसपटक नेपाली टोली जितबिहीन नहुने कप्तान र प्रशिक्षकको भनाई छ । छोटो समयको अभ्यास र हतारको खेलाडी छनौट हुँदा हुँदै पनि नेपालले प्रतियोगिता जितेरै आउनेमा खेलाडी र प्रशिक्षक विश्वस्त छन् ।

नेपालको पहिलो लक्ष्य समुह चरण पार गर्ने रहेको र त्यसपछि प्रतियोगिता जित्न सजिलो हुने कप्तान सन्दिप लामिछानेले बताएका छन् ।

प्रशिक्षक बिनोद दासले नेपालले गर्नुपर्ने सबै तयारी पुरा गरिसकेको र देशैभरका झण्डै हजार जना खेलाडीबाट अन्तिम टोली छानिएकोले नेपाली टोलीलाई कमजोर नठान्न आग्रह गरेका छन् । नेपालले बिहीबार आयोजक श्रीलंकासँग खेल्नेछ । समूह एमा नेपालसँगै, श्रीलंका, भारत र मलेसिया छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...