चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा


  • एजेन्सी, २९ मंसिर ।

इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा परेका छन् । प्रिमियर लिग अन्तर्गत डिसेम्बर ३ मा सिटीको मैदानमा भएको खेलमा दुई टिमका खेलाडीबिच तनाव भएको थियो ।

त्यही विषयमा चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा परेका हुन् । चेल्सीले एक लाख पाउण्ड तथा म्यानचेस्टर सिटीले ३५ हजार पाउण्ड जरिवाना तिर्नुपर्ने भएको छ ।

चेल्सीलाई यसअघि कारवाही स्वारुप एक अंक घटाउने चेतावनी दिइएको थियो । डिसेम्बर ३ मा भएको खेलमा चेल्सी ३–१ ले विजयी भएको थियो ।

सिटीका सर्जियो अग्युरो र फर्नान्डिन्हो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । कारवाहीमा परेको प्रिमियर लिग लिडर चेल्सीले सन् २०१५ को फेब्रुअरी यता ६ पटक जरिवाना तिरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...