एसिया कप : भारतले दियो १ सय २१ रनको लक्ष्य, नेपाल जवाफी ब्याटिङमा
काठमाडौं, १७ मंसिर ।
एसिसी एसिया कप ट्वान्टी ट्वान्टी महिला क्रिकेटमा भारतले नेपालसामु १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको हो ।
भारतका लागि शिखा पाण्डेले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै भेल्लसमी भनिताले २१, अनुजा पटिलले १६, हार्मनप्रित काउरले १४, नुहाज प्रविनले १३, मनिशी जोशीले ५ र सविन्नी मेगानले ४ रनको योगदान गरे । नेपालका लागि सरस्वती कुमारीले २, कप्तान रुविना क्षेत्री, करुण भण्डारी र सरिता मगरले समान एक एक विकेट लिए । अबको कही समयपछि नेपाल जवाफी व्याटिङमा उत्रने छ ।
नेपालले प्रतियोगितामा अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । बिहीबार थाइल्याण्डसँग ८ विकेटले हारेको नेपाल यस अघि पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको थियो । अहिलेसम्मको प्रदर्शनका आधारमा नेपाल प्रतियोगिताकै कमजोर टीम देखिएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...