बार्सिलोनाद्वारा च्याम्पियन्स लिगमा नयाँ कीर्तिमानी कायम


  • काठमाडौं, २२ मंसिर ।

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएको छ । बार्सिलोना दोस्रो पटक च्याम्पियन्स लिगको समूह चरणमा २० गोल गर्ने टिम बनेको हो ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हराएर दोस्रो सिजन समूह चरणमा २० गोल गरेको हो । यसअघि बार्सिलोनाले सन् २०११/१२ को सिजनमा पनि समूह चरणमा २० गोल गरेको थियो ।

अहिलेसम्म च्याम्पियन्स लिगमा बार्सिलोनासहित तीन टिमले समूह चरणमा २० गोल गरेका छन् । सबै भन्दा पहिले समूह चरणमा २० गोल गर्ने टिम चाहिँ इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड हो । उसले सन् १९९८/९९ को सिजनमा २० गोल गरेको थियो । यस्तै स्पेनिस क्लब रियल मड्रिडले सन् २०१३/१४ को सिजनमा पनि २० गोल गरेको थियो ।

यो सिजन बोरुसिया डर्टमुण्डले २० गोल गर्ने सम्भावना छ । बुधबार राति रियल मड्रिडसँग खेल्न लागेको बोरुसियाले अहिलेसम्म १९ गोल गरेको छ । दुई सिजन २० गोल गर्ने टिम भने अहिलेसम्म बार्सिलोना मात्रै हो ।

दुई सिजन २० गोल गर्ने टिम बन्नका लागि रियल मड्रिडलाई भने बुधबार राति बारुसिया डर्टमुण्डसँगको खेलमा ६ गोल गर्नु पर्नेछ । उसले यो सिजन अहिलेसम्म समूह चरणमा १४ गोल गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...