आदिवासी जनजाति महासघ महाधिवेशन: महासचिबमा टासी लामाको उम्मेद्वारी

  • काठमाडौँ ३ मंसिर ।
आदिवासी जनजाति महासंघ नेपालको ९ औ महादिबेशन चितवनमा जारी छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । यस्तै जनजाति महासंघको महासचिबमा महासंघ सिन्धुपाल्चोक संयोजक टासी लामाले उम्मेद्वारी घोषणा गरेका छन् ।

उम्मेद्वारी घोषणा गर्दै लामाले नेपालको आदिवासी, रैथाने मूलवासीहरुको हकअधिकार स्थापित गरि समतामूलक समाज निर्माणका निम्ति आफु अहोरात्र खटेको र जीवनको उर्वर समय आम जनजातीको उत्थानका निम्ति समर्पित गरेको हुनाले आफुले जित्ने निश्चित भएको बताएका छन् ।

लामा सर्वपक्षीय सहजकर्ता नेपाल आदिवासी जनजाति महांसंघ जिल्ला समन्वय परिषद सिन्धुपालचोकको अध्यक्ष तथा नेपाल ह्योल्मो समाज सेवा संघ केन्द्रिय सल्हाकार हुन् ।

राजनितिक तहमा कहिल्यै माथि उठ्न नसकेका ह्योल्मो समुदाय भित्रका लोकप्रिय नेता टासी लामा सिन्धुपाल्चोकमा जनजाती आन्दोलनमा मात्र नभई हरेक उत्पीडित जनसमुदायको आन्दोलनमा नेतृत्व सम्हाल्ने नेताको रुपमा चिनिन्छन।

जनजाति आन्दोलन र सिङो जातिय मुक्तीका पक्षमा आफु जिवन्त लागि परेको लामाले बताउछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...