जोसुकैले सजिलै पढ्न सक्छन तपाईंको फेसबुक म्यासेन्जरको च्याट !

तपाईंलाई लाग्न सक्छ फेसबुक म्यासेन्जरमा गरिएको कुराकानी गोप्य हुन्छ र कुराकानी भएको व्यक्ति भन्दा तेस्रो व्यक्तिलाई थाहा हुँदैन । यस्तो सोच्नुभएको छ भने त्यस्तो भ्रम आजैबाट हटाइदिनुस् । र, सचेत रहनुस तपाईंले गरेको कुराकानी जुनसुकै बेला जोसुकैले पनि हेर्न सक्छ ।
बगसेक र सिवाइ नेटका एक सुरक्षा अनुसन्धानकर्ता एसरेल गर्टले यो कुरा पत्ता लगाएका हुन । उनले फेसबुकको म्यासेन्जरमा एक गम्भिर ‘बग’ पत्ता लगाएका छन् जसले सम्भावित ह्याकरलाई तपाईको आफ्नो निजी कुराकानी पढ्न अनुुमति दिन्छ ।
यो बग यति खतरनाक छ कि फेसबुकले आफ्नो प्रयोगकर्ताको गोपनियता र सुरक्षाको लागि जति धेरै प्रयास गर ेपनि ह्याकरहरुले यसको माध्यमबाट म्यासेन्जरमाथि आक्रमण गर्न सक्ने खुलासा गर्टले गरेका हुन ।
फेसबुक म्यासेन्जर एक अर्ब भन्दा बढी मानिसले मानिसहरुले प्रयोग गर्छन् । तर, ह्याकरले फेसबुक म्यासेन्जरको स्मार्टफोन र डेस्कटप दुवै भर्सनको म्यासेनजर एपमा आक्रमण गरेर ह्याक गर्न सक्छ ।
गर्टले जनाएअनुसार फेसबुक म्यासेन्जर विरुद्ध एक प्रकारको क्रस ओरिजिन बाइपास एट्याक गर्ने हो भने प्रविधिको बारेमा विशेष ज्ञान भएका जो कोहिले पनि सजिलै तपाईको गोप्य कुराकानी, फोटोहरु र तपाईले च्याटमा प्रयोग गर्नुभएको फाइलहरुसम्म पहुँच पुर्याउन सक्छन् ।
गर्टले यसलाई ‘ओरिजिनल’ नाम दिएका छन् । उनका अनुसार ‘ओरिजिनल’ बग यति खतरनाक छ कि ह्याकरहरुले आफूले ह्याक गर्न चाहेको मानिसलाई झुक्याएर एउटा भाइरस भएको लिंक पठाउन सक्छन् । यसरी पठाइएको लिंकमा क्लिक गरियो भने उसको सबै कुराकानी ह्याकरको पहुँचमा पुग्नेछ ।
फेसबुकको सुरक्षा प्रणालीमा भएको एउटा सानो कमजोरीको कारण ह्याकरहरुले आक्रमण गर्न सक्ने गर्टको भनाई छ । फेसबुकका च्याटहरु एउटा छुट्टै सर्भरबाट व्यवस्थित गरिन्छ जुन फेसबुकको वास्तविक डोमेन भन्दा छुट्टै छ ।
गर्टका अनुसार यो सानो कमजोरीको कारण गलत कन्फिगरेसन गर्नाले फेसबुकको मुल सर्भर र च्याटको सर्भर डोमेन ह्याकरहरुले छल्न सक्छन र अर्को बाह्य वेभसाइटबाट फेसबुक म्यासेजहरु हेर्न सक्छन् ।
फेसबुकको कुराकानी गोप्य बनाउनको लागि गुप्त तरिकाले कोड भाषामा गरिने कुराकानीलाई चाहीँ ‘ओरिजिनल’ बगले असर गर्न सक्दैन । गर्टले ‘ओरिजिनल’ बगले कसरी फेसबुक म्यासेन्जर ह्याक गर्न सक्छ भन्ने प्रमाण स्वरुप एक कन्सेप्ट भिडियो पनि देखाएका छन् ।
गर्टले फेसबुकमा यो कमजोरी पत्ता लगाएपछि फेसबुक कम्पनीमा यसबारे जानकारी दिएका थिए । त्यसबापत फेसबुकले उनलाई पुरस्कार समेत दिएको थियो ।
यसपछि फेसबुकका ईन्जिनियरहरु यो छिद्र मेटाइदिएको बताएका छन् । एजेन्सी ।
प्रतिकृया दिनुहोस्
Loading...