स्थानीय चुनावको मिति घोषणा गर्न प्रमुख तीन दल सहमत

- काठमाडौं, २८ मंसिर ।
प्रमुख तीन दलका शीर्ष नेताहरु स्थानीय चुनावको मिति छिट्टै घोषणा गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका तीन प्रमुख नेता सम्मिलित बैठकमा संविधान संशोधनलाई थाती राखेर भए निर्वाचनमा जाने या सँगसँगै दुवै प्रक्रिया लैजाने भन्नेबारे छलफल भएको एमाले अध्यक्ष केपी ओलीले जानकारी दिए ।
‘ निर्वाचन सम्बन्धी आवश्यक कानुन बनाएर निर्वाचन मिति घोषणा गर्नेबारे सकारात्मक छलफल भयो, बैठकपछि ओलीले पत्रकारहरुसँग भने, ‘सकेसम्म चाँडै निर्वाचन गर्नुपर्छ भन्नेमा दुईमत छैन, त्यसैले निर्वाचनबारे थप छलफल हुनेछ ।’
बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधन र निर्वाचनबारे छलफल भएको र निर्वाचनमा जान सबै नेताहरु सहमत भएको प्रतिक्रिया दिए ।
सरकारले सदनमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव भने प्रतिपक्षी एमालेले चाहेजसरी फिर्ता नहुने देउवाले प्रष्ट्याए ।
प्रतिकृया दिनुहोस्
Loading...