यी हुन् १९ औँ सताब्दीकी एकमात्र जिवित महिला



विश्वमा सबैभन्दा पाको उमेरकी महिलाको नाम हो, एमा मोरेनो । 

सबैभन्दा जेठी महिलाको रुपमा हाल गिनिज बुकमा दर्ज भएकी एक सय १७ वर्षकी मोरोनोको जन्म २९ नोभेम्बर १८९९ मा भएको थियो । एमा यसकारण पनि यो धर्तीका लागि विशेष छिन् की उनी १९ औँ सताब्दीमा जन्मिएर हालसम्म पनि जिवित रहेकी एकमात्र जिवित महिला हुन् ।

एमा २० वर्षकी हुँदा उनी रक्तअल्पताको सिकार भएकी थिइन् । त्यसपछि उनले हरेक दिन एउटा अण्डा खान सुरु गरिन् । अहिले पनि उनी हरेक दिन २ वटा अण्डा खान्छिन् । अहिले उनी बिस्कुट खुप खान्छिन् ।उनको नाम गिनिज बुकमा सबैभन्दा लामो आयु भएकी महिलाको रुपमा दर्ज भएको छ । 

उत्तरी इटालीको वेरबेनिया सहरमा बस्ने एमाले गत नोभेम्बर २९ मा आफ्नो १ सय १७ औँ जन्मदिन मनाइन् । विश्वभर आफ्ना प्रशंसक रहेको र सबैले आफ्नो लामो आयूका लागि प्रार्थना गरिरहेको उनी बताउँछिन् । आफ्नो लामो जिवनको राजको खुलासा गर्दै एमाले हरेक दिन अण्डा र कुकिज र पर्याप्त फलफूलकेा सेवनले आफुलाई दीर्घायु बनाएको बताउँछिन् ।

८ जना भाइबहिनीमध्ये सबैभन्दा जेठी एमा हुन् । तर उनी जेठी अझै जिवित हुँदा उनका भाइ बहिनी सबैको मृत्यु भैसकेको छ । आफुलाई कुटपिट गरिरहने भएकाले उनले सन् १९३८ मै आफ्नो लोग्नेलाई छाडेकी थिइन् । त्यसको केही समयपछि उनको एक्लो छोरो पनि मरेपछि उनी एक्ली भइन् । आफ्नो दुईकोटे अपार्टमेन्टमा उनी २० वर्षदेखि बस्दै आएकी छिन् ।

एनको मस्तिकले अहिलेपनि राम्रोसँग काम गरिरहेको छ तर उनलाई सुन्न र बोल्नमा समस्या हुन थालेको छ । उनले लामो समयसम्म टेलिभिजन हेर्न सक्दैनन् । सुतेर वा खाएर उनले समय कटाउने गरेकी छिन् ।

लामो आयू बाँच्नुमा उनको वंशाणुगत गुण जिम्मेवार रहेको डाक्टरहरु बताउँछन् । उनकी आमा पनि ९१ वर्षसम्म बाँचेकी थिइन् अनि दुईजना बहिनी सय वर्षसम्म बाँचेका थिए ।

२०७३ पुष २५ गते  प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...