डडेल्धुराको भूबनोट कमजोर, भूकम्पको उच्च जोखिम

  • काठमाडौँ २ माघ।

समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुराको भूबनोट कमजोर भएकाले भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

पुरानै शैलीमा निर्मित घर भएकाले भूकम्प जाने हो भने ठूलो धनजनको क्षति हुन सक्ने सर्वसाधारणको समेत बुझाइ छ । 

जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रजिअ उदयबहादुर सिंहले घरहरु बिनामापदण्ड मनपरी किसिमले बनाइएकाले भूकम्प गयो भने क्षति पुग्न सक्ने जनाउँदै सतर्कता अपनाउन सुझाव दिए।

सदरमुकाम डडेल्धुरा उच्च जोखिममा रहेको उनको भनाइ छ । जिल्लामा भवन तथा भौतिक कुरा निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्ने र भूकम्परहित घरको निर्माण हुनुपर्नेमा सरोकारवालाहरुको भनाइ छ।

भिरालो जमिनमा घर बनाइएकाले डडेल्धुरा उच्च जोखिममा रहेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रामकुमार श्रेष्ठले बताए। नयाँ बनेका घर पनि भूकम्प प्रतिरोधात्मक नभएर मनोमानी रुपमा निर्माण भइरहेको इञ्जिनियर श्रेष्ठको जिकिर छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...