यस्तो छ नेपालमा भूकम्पको इतिहास !


सामान्यतया पृथ्वीको सतह दायाँ बायाँ तलमाथि हल्लिने क्रमलाई भुकम्प भनिन्छ। यसको असरहरु पृथ्वीको सतहमा निर्माण तथा विनाशकारी दुवै किसिमका परिवर्तनहरु छोटो समयमा नै हुने गर्दछन।

भूकम्प सुरु हुने स्थानलाई अन्तस्थल केन्द्र भनिन्छ त्यस्तै पृथ्वीको सतहमा रहेको विन्दुलाई अधिकेन्द्र भनिन्छ। भूकम्पको अवधि केही सेकेण्ड देखि केही मिनेटसम्म महशुस गर्न सकिन्छ।

यसको सवभन्दा ठूलो धक्का अधिकेन्द्रमा पर्दछ र यही अधिकेन्द्रवाट दुरीको वृद्धि भए अनुसार भूकम्पको धक्काको शक्ति कम हुँदै जान्छ। यसको अधिकेन्द्रवाट चल्ने लहरहरुको गति र तीव्रतालाई भूकम्प मापन यन्त्र (sismo graf machine) को सहायतावाट मापन गरिन्छ।

सिस्मो ग्राफले भूकम्पबाट उत्पन्न हुने गतिलाई रेक्टल स्केलमा र मानवीय धनजनको क्षति भर्सेली इकाईमा देखाइन्छ। सामान्यतया १-४ सम्मको रेक्टर स्केलको भूकम्पबाट क्षेति हुदैन भने त्यो भन्दा बढी छ भने क्षेति पनि बढी हुने गर्दछ। 


कारण


भूकम्प जाने सन्दर्भमा एक मात्र कारण पूर्णरुपले जिम्मेवार छैन। यसका धेरै कारणहरु छन जस्तै, ज्वालामुखी विष्फोटन, भुक्षय, भु-स्खलन तथा भु-खण्ड विस्थापन (plate tectonic)। नेपालमा भुकुम्प गइरहनुको प्रमुख कारण plate tectonic नै हो अर्थात् भारतीय भु - खण्ड (Indian plate) उत्तर तिर भइइराख्नु नै हो। 

भारतिय भु - खण्ड प्रतेक बर्ष करिव ८ से.मिका दरले हिमालय क्षेत्रमा विस्थापित भइरहेकाले अझ भन्नुपर्दा दवाव सञ्चित भई रहेको कारण त्यस भागको क्षेत्रले थेग्न नसकेर भौगोलिक चिराहरुमा अकस्मात विस्थापन हुन्छ वा जमिनको भित्री सतह धसिन पुग्दा भुकम्पका तरंगहरु चारैतिर प्रसारण हुन थाल्छ र कम्पन उत्पन्न भई नेपालमा भूकम्प जाने गर्दछ। 


नेपालको इतिहासमा भूकम्प र यसको असर 


विश्व सन्दर्भमा नेपाल भूकम्पको जोखिमको सुचीमा ११ औं स्थानमा पर्दछ। 

नेपालमा यसको इतिहास केलाउदा करिब वि.स १९१० देखीको लिखित अभिलेख पाइन्छ तर मौखिक जनस्रुतीको आधारमा वि.स १२५५ जुन ७ मा काठमाडौं उपत्यकामा ७.७ स्केलको भुकम्प गएको र एकतिहाइ मानव जनसहित राजा अभय मल्ल मारिएको वर्णन पाइन्छ।

वि.स १३१६ मा पनि महाभूकम्प गइ ठुलो धनजनको क्षति भई अनिकाल लागेको वर्णल भेटिन्छ। वि.स १४४६ को साउन भदौतिर काठमाडौं र आसपासका क्षेत्रमा विनाशकारी भूकम्प गएर रातो मछिन्द्रनाथको मन्दिर पुर्णरुपले नष्ट हुनको साथै ठूलो धनजन र वस्तु भाउको क्षेति भएको वर्णन छ।

वि.स १८२३ असार साउन तिर काठमाडौ र नेपालभरी नै भूकम्प गएको र २४ घण्टामा २१ पटक यसका कम्पनहरु महशुस गरिएको छ, जसमा सिमित धनजन र बस्तु भाउको क्षेति भएको वर्णन छ।

त्यस्तै वि.स १७३६ को पुस माघतिर नेपाल भरी नै ठूलो भूकम्प गएको तर कुनै क्षेतिको विवरण नभेटिएको तथा वि.स १८८० मा १७ वटा साना कम्पनहरु महशुस गरिएको तर जनधन तथा बस्तु भाउको क्षेति भएको अभिलेखमा पाइदैन।

वि.स १८९१को साउन भदौतिर गएको भूकम्पका झट्काहरुले भवन तथा मन्दिरहरु भत्किएको र काठमाडौं बागमती नदीमा बाढी आई त्यस माथीका पुलहरु समेत बगाएको वर्णन छ। त्यस्तै १९९० को भदौ असोजतिर काठमाडौंमा २ वटा भुकम्प गएकाले भक्तपुरको ठिमीमा आगलागी भइ थुप्रै नोक्सानी भएको र नेपाल भरीमा १८ हजार घरधुरीहरु विस्थापित भएको अभिलेखमा पाइन्छ। 

त्यसै गरि १९९० को माघ २ गते दिनको २ बजे आएको ८.४ स्केलको महाभूकम्पले ८ हजार ५ सय ३१ जनाको मृत्यु भएको थियो भने १,२६,३५५ घरहरुमा नोक्सानी भएको थियो। ८०,८९३ घरहरु पूर्णरुपले ध्वस्त भएका थिए।

वि.स २०४५ सालमा गएको ६.५ स्केलको भूकम्पले ७ सयभन्दा बढीको ज्यान लिएको थियो, साथै वि.स २०६८ असोज १ गतेको ६.९ स्केलको भूकम्पले ११ नेपाली र भारतमा ५० जना भन्दा बढीको ज्यान लिएको थियो। 

गत साल मात्र २०७२ बैशाख १२ गते शनिवार गोरखाको बारपाक केन्द्र विन्दु बनाएर गएको ७.६ स्केलको भूकम्पले हामीलाई ठूलो शोकमा डुबाएको थियो। जसमा ८ हजार ६ सय ३६ले ज्यान गुमाए भने १६ हजार ८ सय ८ जना घाइते तथा सयौ बेपत्ता भए ।

पराकम्पन ४ सय बढी महशुस गरियो। मानिसहरु घरवारविहीन भए । भूकम्पबाट हुने क्षेतिमा भर पर्ने कुराहरु: कुनै पनि स्थान विशेषमा भूकम्पबाट हुने क्षेति निम्न कुरामा भर पर्ने हुन्छ।

जति ठूलो भूकम्प गयो त्यति ठूलो क्षेति हुने गर्दछ। 

भूकम्पको केन्द्रविन्दुबाट जति नजिक त्यति क्षेति हुने गर्दछ। 

भूकम्पको केन्द्रबिन्दु नजिक पनि ठुलो क्षेत्रमा जनसंख्या हुने हुदाँ क्षेति पनि धेरै हुने गर्दछ।

भूकम्प प्रतिरोधी संरचना नभएको खण्डमा क्षति बढी हुने गर्दछ। 

रातको समयमा निदाइने हुदा बढी तथा दिनमा कम क्षेति हुने गर्दछ। 

वर्षातको समयमा जमिनको तरलीकरण व्यापक हुने हुदा भूकम्प गएमा पहिरो गइ क्षेति हुने गर्दछ। 

ताल सुकेर बनकाे कालोमाटो भएको क्षेत्रमा भूकम्पका तरङ्गको शक्ति बढेर क्षेति हुन्छ भने वालुवाको कडा क्षेत्रमा जमिनको तरलीकरण भई अस्वभाविक क्षति हुने गर्दछ। 


भूकम्प जाने प्रमुख क्षेत्रहरु


संसारभर भूकम्पको मात्रा र संख्या हेर्दा तीन ओटा प्रमुख क्षेत्रहरु छन। 

१.प्रशान्त महासागरको किनारी भाग (उत्तर - दक्षिण अमेरिका, एसिया र अष्ट्रेलिया) 

२.भुमध्य सागर तथा एसियाली भूमि

३.अफ्रिकाको सुख्खा मरुभूमिको समुन्द्री किनारा

किनारी भाग त्यस्तै पृथ्वी भित्रका चट्टानको विशालता र कम्पन उत्पन्न गराउने क्षेमता हेरेर सातवटा ठुला र एक्काईस वटा साना भूकम्प क्षेत्रहरु भएको जानकारीमा पनि आएको छ।

भूकम्पबाट सचेत रहन सके अवस्य पनि जनधनको क्षेतिवाट वच्न सकिन्छ ।

जस्तै भुकम्पकाे क्षेतिबाट वच्न प्रतिरोधात्मक संरचना भएको घर निर्माण गर्ने, प्राथमिक उपचार सम्बन्धि ज्ञान लिइराख्ने, भूकम्प जाने वितिकै सुरक्षित ठाउँ तर्फ लाग्ने, बाहिर जान सम्भब नभए खाट टेवुलजस्ता बलिया ठाउँ मुनि लुक्ने, जति सक्दो चाडो ग्यास पानी वत्ती बन्द गर्ने, रेडियो सुन्ने र त्यसै अनुरुप काम गर्ने ।

धैर्यता अपनाउने जस्ता काम अपनाउन सके भूकम्पबाट जोगिन सकिन्छ र अरुलाई पनि जोगाउन सकिन्छ ।तसर्थ भूकम्प आफैले क्षेति गर्ने नभइ भूकम्प गएपछि यसको असरबाट हुने घटनाले क्षेति पुर्‍याउने हो।

भूकम्पको भविष्यवाणी गर्न सकिँदैन। यसबाट बच्ने उपाय भनेको भूकम्प जानुपूर्व गर्नु पर्ने तयारी नै हो।

२०७२ सालमा गएको महाभूकम्पले हामीलाई एकपल्ट व्युझाएको छ तर हामी अब भने नसुतौ । भूकम्पबाट हुने क्षेतिको निर्मुलको निम्ति सचेत हुँदै १९ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रममा मात्र सिमित नराखी भुकम्प र यसबाट बच्ने आवश्यक पुर्व तयारी गरौ। १९ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सुभकामना ! 

लेखक गुरूङ स्नातकोत्तर दोस्रो बर्ष पृथ्वीनारायण क्यामपस पोखराका भुगोल बिधार्थी पनि हुन ।
२०७३ माघ २ गते प्रकाशित ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...