पाइरेसीको शिकार भयाे चलचित्र ‘छक्कापञ्जा’
हाँस्यव्यङ्ग कलाकार दिपकराज गिरीले आफ्नो चलचित्र ‘छक्कापञ्जा’ पाइरेसीको शिकार भएको बताएका छन् ।
सामाजीक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गिरीले चलचित्र थुप्रै ठाउँमा प्रदर्शन हुन बाँकी रहेपनि केही व्यक्तिले जथाभावी युट्युबमा अपलोड र शेयर गरिदिएकाले चलचित्र पाईरेसीको शिकार भएको गुनासो गरेका हुन् ।
चलचित्रको अनाधिकृत अपलोड र शेयर गर्ने केही व्यक्ति प्रहरी फन्दामा परिसकेको पनि उनले बताएका छन् ।
गिरीले चलचित्र वा अन्य सृजनात्मक कृतिहरू अरूको सम्पत्ति भएकाले यो प्राप्त भएपनि फेसबुकमा शेयर नगर्न आग्र गरेका छन् । सम्भवतः शनिबारबाटै चलचित्र छक्कापन्जालाई आधिकारिकरुपमा युट्युबमा राखिने र दर्शकले हेर्न पाउने उनको भनाई छ ।

२०७३ पुस, २८ मा प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...