‘म मुस्लिम बन्न तयार छु’ - अमेरिकाकी पुर्व विदेशमन्त्री अल्ब्राईट
काठमाडौं, १५ माघ ।
यसै बिच अमेरिकामा रहेका मुस्लिमहरको दर्ता गरिने हल्ला चले पछि अमेरिकन पहिलो महिला विदेश मन्त्रि बनेर ईतिहास रचेकी मेडलिन अल्ब्राईटले यदि त्यसो गरिए आफू पनि अमेरिकन मुस्लिममा दर्ता हुने बताएकी छन। अल्ब्राईटले सन् १९९७ देखि २००० सम्म राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा अमेरिकन विदेशमन्त्रि भएर काम गरेकी थिन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चूनाव अभियान ताका यस बिषयलाई प्रमूख मूद्दा बनाएका थिए। सबै तिर बाट आलोचना हुन थाले पछि उन्ले, आतंकबाद संग जोडेर कुरालाई मोडेका थिए। तर गत बिहिवार उन्को प्रशासनले मुस्लिम र शरणार्थीप्रति अनुदार आदेशमा हस्ताक्षर गरेपछि पून शंका पैदा मभएको भन्दै फेरि सबैतिरबाट आलोचना भईरहदा मेडलिनको उक्त भनाई बाहिर आएको हो।
मेडलिनले टुवीट गर्दै भनेकी छन् ‘म क्याथोलिक भएर हुर्के, अहिले एपिस्कोपाल छु र पछि मैले थाहा पाएकि मेरा पूर्खा यहूदि रहेछन्।’ उनी भन्छिन् ‘ अब म एकता लागि मुस्लिममा दर्ता हुन तयार छु।’ दशौ हजारले उन्को यो टुवीटलाई लाईक गरेका छन्।
गत नोभेम्वरको चूनावी नतिजा पछि धेरैले अमेरिकामा रहेको मुस्लिम समुदाय प्रति एक्यबद्दता जनाई रहेका छन्। अल्ब्राईटको टुवीटले अन्यलाई पनि प्रेरित गरिरहेको बिबिसीले जनाएको छ। जसमा चर्चित फिल्म बिग ब्याङ्ग थ्योरीकि अभिनेत्री मायीम बियलिकले पनि एक्यैबद्दता जनाउंदै टुवीट गरेकिछन् ‘म यहूदि हुँ। यदि तेसो भएको खन्डमा एक्यैबद्दताका लागि म पनि मुस्लिमको रुपमा दर्ता हुन चाहन्छ।’
बिबिसीका अनुसार ट्रम्पका एक जना आलोचकले भनेका छन् ‘यदि जस्लाई खतराको रुपमा हेरेर दर्ता गरिन्छ भने हामिले गोरा पुरुषलाई पनि गर्नुपर्छ किनभने सबैभन्दा सिरिएल किलर र आम नरसंहार गर्ने तिनीहरु नै छन।’
राष्ट्रपति ट्रम्पले पहिले सबै मुस्लिमहरुलाई प्रतिबन्धलगाउने बताएका थिए तर अहिले सिरिया लगाएतका सात देशहरुलाई प्रतिबन्ध लगाउने नितिमा हस्ताक्षर गरेका छन्।
प्रतिकृया दिनुहोस्
Loading...