राजविराजमा ग्रिनेड बम फेला, स्थानीयवासी आतंकित

  • राजविराज, ७ माघ ।

सप्तरीको राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि आज बिहान शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ ।

बम फेला परेपछि बम निष्क्रिय गर्नका लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।

उक्त ठाउँमा बम फेला परेपछि त्यहाँको अवस्था तनावपूर्ण रहेको स्थानीयवासीले बताएका छन् । यसैबीच, बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...