अपडेट : कुलेश्वरमा भीषण आगलागी, १० पसलमा क्षति (भिडीयोसहित)

  • काठमाडौं,१६ माघ  ।
कुलेश्वरमा आइतबार रातीे भएको आगलागी करिब दुई घन्टापछि नियन्त्रणमा आएको छ।

कुलेश्वर आवास क्षेत्र भित्र पस्ने गेट नजिक रहेको भाडा पसलबाट  सल्किएको आगोले झण्डै १० वटा पसलमा क्षति पुगिसकेको त्यहाँबाट स्थानीयहरुले बताएका छन् ।

राती साढे आठ बजे कुलेश्वरको आवास क्षेत्र गेटको विपरितमा रहेको जस्ताले बनाएको बजारमा आगलागी भएको थियो। विधान महर्जनको नाममा रहेको सो बजारमा २७ वटा वटा सटरमा थिए।

स्थानीयका अनुसार ग्यास सिलिन्डर पड्केर भाँडा रहेका पसलबाट सुरु भएको आगो सँगै रहेको मेडीकल, कपडा पसल गरी करी १ दर्जन सटरहरुमा सल्किएको थियो । 

केही पसलमा रसायन समेत भएकाले आगलागी नियन्त्रणमा कठिनाई भएको पनि प्रहरीले इमान्दार मिडियालाई बतायो । 

६ वटा दमकल, ट्याँकर, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय र विप्लव माओवादीनिकट युवाहरुको सहायतामा अहिले आगो नियन्त्रणमा लिएका थिए ।  क्षतिको विवरण भने आउन बाकीं रहेको प्रहरीको भनाइ छ ।

याे पनि पढ्नुहाेस्

ब्रेकिंग - ग्यास सिलिन्डर पड्केर काठमाडौंको कुलेश्वरमा भीषण आगलागी (भिडियोसहित)

हेर्नुहोस् भिडियो 

,

प्रतिकृया दिनुहोस्

Loading...