मोटरसाइकलको ठक्करबाट पुरीको मृत्यु



झापा, ४ माघ ।

मोटरसाइकलको ठक्करबाट झापाको दमकमा गएराति एकजना पैदलयात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गको दमक–७ स्थित सडकखण्डमा पूर्व जाँदै गरेको बा ६१ प ५९६१ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री दमक–१६ का ५५ वर्षीय प्रेम पुरीको मृत्यु भएको हो।

बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका पुरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकलका चालक मकवानपुर हरिखोला–२ का २६ वर्षीय रोहित मोक्तान र पछाडि सवार उनकी दिदी मोरङ बयरवन–५ की ४० वर्षीया बबिता माझी गम्भीर घाइते भएका छन् घाइते दिदीभाइको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...