विप्लव माओवादीनिकट अखिल (क्रान्तिकारी) द्वारा संघर्षको घोषणा (विज्ञप्तिसहित)
- काठमाडौं, २२ पुस ।
नेकपा(माओवादी) निकट अखिल (क्रान्तिकारी)ले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै संघर्षको कार्यक्रम घोषणा गएको छ ।
सर्वोच्च अदालतभित्र लोकमान सिंह कार्कीलाइ कालोमोसो दलेको आरोपमा क्रान्तिकारीका केन्द्रीय सदस्य द्वोय चन्द्र बुढा र प्रकाश शाहिलाइ पौष ७ गते प्रहरीले गिरफ्तार गरेको थियो । बुढा र शाहीलाई सार्वजनिक र अदालतको अवहेलना सम्बन्धि मुद्दा चलाइएको छ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंहले आज एक विज्ञप्ति जारि गर्दै ३ दिने संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । जसअन्तर्गत पुस २४ गते देशभर प्रदर्शन, २६ गते १ दिने आमा हडताल र २७ गते अर्को चरणको संघर्ष गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यस्तै क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्माले पक्राउ गरिएका बुढा र शाहीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
इमान्दार मिडियासँगको प्रतिक्रियाका क्रममा उनले भने-'देश भित्रका दलाल, भ्रष्ट, तस्कर र माफियाहरु विरुद्धको संघर्षको सिपाहिलाइ गिरफ्तार गरी मुद्दा लगाउनु असोभनिय मात्र छैन, यो राज्यको नालायकीपन हो, यसकै विरुद्धमा हामीले आन्दोलन घोषणा गरेका हौं ।'
हेर्नुहोस् विज्ञप्ति
प्रतिकृया दिनुहोस्
Loading...