अमेरिकी राष्ट्रपतीय चुनावमा रुसी ह्याकिङ : ट्रम्पलाई सहयोग गर्न राष्ट्रपति पुटिनले निर्देशन दिएको खुलासा


  • एजेन्सी, २३ पुस ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउने गरी सहयोग गर्न निर्देशन दिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

अमेरिकी गुप्तचर विभागले अमेरिकी राष्ट्रपतीय चुनावमा पुटिनको निर्देशनमा दखल दिने काम भएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा पुटिनले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई नोक्सानी हुने र ट्रम्पले जित्ने गरी अभियाना चलाउन निर्देशन दिएको उल्लेख गरिएको छ ।

पुटिनको निर्देशनमा भएको अभियान अन्तर्गत डेमोक्र्याटिक पार्टी तथा हिलारी क्लिन्टनको इमेल ह्याक गरिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै रुसी अभियान अन्तर्गत क्लिन्टनको चुनावी अभियान व्यवस्थापन प्रमुख जोन पोडेस्टासहित क्लिन्टनका नजिकका सहयोगीको पनि इमेल ह्याक भएको थियो ।

रुसले लामो प्रयासपछि अमेरिकी स्वतन्त्र प्रजातान्त्रिक व्यवस्थालाई कमाजोर पार्न प्रयास गरेको गुप्तचर विभागको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी गुप्तचर विभागले पहिलो पटक राष्ट्रपतीय चुनावमा रुसले गरेको ह्याकिङ तथा त्यसको उद्देश्यसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

रिपोर्टमा भनिएको छ ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतीय चुनावलाई प्रभावित पार्ने गरि अभियान चलाउन निर्देशन दिएको प्रष्ट भएको छ ।

अमेरिकी नागरिकबाट प्रजातान्त्रिक प्रक्रियामाथिको विश्वास उठाउनु, हिलारी क्लिन्टनलाई बदनाम गर्नु र उनको चुनावी अभियानालाई प्रभाव पारी राष्ट्रपतिनामा निर्वाचित हुन नदिनु रुसको उद्देश्य रहेको पाइयो । यस्तै रुसी सरकारले राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई सयोग गर्न चाहेको पनि प्रष्ट भएको छ ।’

यस घटनाले अमेरिका र रुसबिचको सम्बन्धमा ठुलो दरार उत्पन्न भएको विश्लेषकहरुको भनाई छ  । यसअघि अमेरिकाले राष्ट्रपतिय चुनावमा हस्तक्षेप गरेको भन्दै ३५ जना रुसी कूटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन दिएको थियो । रुसी कूटनीतिज्ञलाई ७२ घण्टा भित्रै अमेरिका छाडेका थिए ।

याे पनि पढ्नुहाेस् 


३५ जना रुसी कूटनीतिज्ञलाई ७२ घण्टा भित्र अमेरिका छोड्न निर्देशन

, ,

प्रतिकृया दिनुहोस्

Loading...