कविता: हाइनेको काव्यिक रेलमा

  • –वैरागी जेठा ।
उठाउँदै छु आँखा
हाइनेको काव्यिक रेलबाट
ठाउँ ठाउँका अक्षरहरू
मलाई बन्दी बनाउँछन्
हिउँ गोरीहरू
हाइनेको 
मुनियाँसँगै रमाइरहेको छ
मोतीझैँ झर्दै
हाइनेका काव्यहरू
मेरो हृदयमा ठोकिन्छन्
जलजला भएर
मेरो शिर भएर उभिन्छ
गौरीशंकर
मर्छन् युवा युवती
चिबेका बथानझैँ
उषाको बैँश बनेर
हाइने
मसँग मुस्किरहेछन्
निराश जीवन
आशको सपना लिएर
सैँपाल मुस्कुराउँछ
यतिबेला
आऊ हाइने
चुनु र सेनलाई भेट्न
वैरागी हलीको
खरको झोपडीमा
मानवीरमरण शैय्यामा छ
तिम्रो काव्यिक रेल
मेरो काठमाण्डौँमा गुड्नुपर्छ
एक क्रन्दनमा भनिरहेछु
जेलवाड.को आँगनबाट
तिम्रो काव्य बन्द हुनुहुन्न
प्रिय हाइने
पियानो बजाइरहेछु
शरदको चाँदनीलाई
अँगालो मार्दै
शिशिरको चिसो हावा पिउँदै
आज पढिरहेछु
उनैका झोपडीहरूमा
बिजूलीझैँ गाइरहेछु
तिम्रा 
मीठा काव्यहरू
हो ! हाइने ।
तिम्रा अभिव्यक्तिहरूलाई
आफ्नै ठान्दै
गाइरहेछु यहाँ
सुनेर रोइरहेछन्
दुनैका झर्नाहरू
प्रिय हाइने
काव्यिक रेलमा
भोको पेट सारड.्गी रेटी रहेछ
युद्धको जनसेना
खाराको जड.गलमा
मेरा पत्रहरू पढ्नु तिमीले
सायद छिट्टै आइपुग्ने छ
रगतले लेखिएका
हरफहरू ।

प्रतिकृया दिनुहोस्

Loading...